Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारतसँग आजै सीमावार्ता !

भारतसँग आजै सीमावार्ता !


काठमाडौं,१ भदौ भारत र नेपालका प्रतिनिधिबीच सोमबार औपचारिक वार्ता हुँदै छ । आज भदौ १ गते भारतीय राजदूत विनय मोहन क्वात्राले नेतृत्व गर्ने टोलीसँग नेपालका तर्फबाट विदेश सचिव शंकरदास वैरागीको नेतृत्वको टोलीले लिम्पियाधुरा–कालापानी क्षेत्रलगायत नेपाल–भारतबीच सीमा विवाद रहेका विषयमा वार्ता हुनलागेको हो । भारतले नेपाली भूमि कालापानी क्षेत्र हुँदै चीन जोड्ने सडक निर्माण गरेपछिको विवादमा दुई देशबीच संवादहीनताको अवस्था सिर्जना गएको छ । नेपालले कूटनीतिक नोट पठाउनेलगायतका प्रयास गर्दा पनि भारतले नेपाली प्रयासलाई अवज्ञा गर्दै आएको छ ।

यसैबीच नेपालले लिम्पियाधुरा कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय पक्ष झन् आक्रोशित बनेको थियो । तर गत साउन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल सरकार र भारत सरकारका बीचमा पहिलोपल्ट सन् २००८ अगष्ट ६ मा सम्पन्न भएको साना विकास आयोजना सञ्चालन सम्झौतालाई नवीकरण गर्ने निर्णय गरेको छ । यसअघि उक्त परियोजना नवीकरण हुनसकेको थिएन । नेपाल सरकारले सन् २०२३ अगष्ट ५ सम्मका लागि नवीकरण गरेको हो ।
>उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासले पाँच करोड रुपैयाँसम्मका साना विकास आयोजनामा सोझै लगानी गर्न सक्नेछ । नेपाल सरकारले उक्त परियोजना नवीकरण गरेपछि भारतीय पक्ष नेपालसँग वार्ताका लागि तयार भएको हो । वार्ताको मिति तय भएपछि भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेर संवादहीनताको अन्त्य गरेका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x