Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबैंकिङ क्षेत्रको विवरण प्रकाशनमा ढिलाइ

बैंकिङ क्षेत्रको विवरण प्रकाशनमा ढिलाइ


सुरेश राउत
काठमाडौं, भदौ १
विश्वव्यापी महामारी कोभिड १९ को महामारीका कारण बैंक तथा वित्तीय संस्थाहरुको गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न ढिलाइ भएको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामको लागि सरकारले चैत ११ गते देशव्यापीरुपमा लकडाउनको घोषणा गरेको र पछिल्लो समय लकडाउनको अन्त्य भएको घोषणा गरिए पनि महामारी बढ्दै जाँदा बैंकहरु पुुनः आधा मात्र कर्मचारीहरु राखेर सञ्चालनमा रहेका छन् । सोही कारण पनि बैंकिङ क्षेत्रको अपरिष्कृत वित्तीय विवरण प्रकाशनमा ढिलाइ भएको हो ।

सामान्य अवस्थामा वाणिज्य बैंकबाहेकका राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्थाहरुले त्रैमासिक सकिएपश्चात्को पहिलो महिनाको १५ दिनभित्रमा सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नुुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुको हकमा भने त्रैमासिक सकिएको पहिलो महिनाको मसान्तभित्र सकिएको त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरिसक्नुुपर्ने व्यवस्था छ । तर अहिले साउन महिना सकिनै लाग्दा पनि कोभिड १९ कै कारण सञ्चालनमा रहेका एक सय ५५ वटा बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्म एक सय पाँचवटा संस्थाले मात्र गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

जसमध्ये वाणिज्य बैंकतर्फ २७ वटा बैंकहरु सञ्चालनमा रहेकोमा प्राइम कमर्सियल बैंक, नेपाल बैंक, सिद्धार्थ बैंकसहितका सबै बैंकहरुले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमध्ये सबैभन्दा ढिलो गरी अर्थात् साउन ३२ गते कृषि विकास बैंकले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

यसैगरी विकास बैंकतर्फ भने क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा बैंकहरु सञ्चालनमा रहेकोमा क्षेत्रीयस्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकसहितका १५ वटा बैंकहरुले मात्र गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोही आधारमा पाँचवटा विकास बैंकहरुले भने अझै वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

फाइनान्सतर्फ भने हाल २२ वटा कम्पनीहरु सञ्चालनमा रहेकोमा रिलायन्स फाइनान्स, मञ्जुुश्री फाइनान्स, समृद्धि फाइनान्स, गुुडविल फाइनान्ससहितका १६ वटाले मात्र वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोही आधारमा फाइनान्स कम्पनीतर्फ अझै छवटाले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्न बाँकी छ ।

यसैगरी लघुुवित्त वित्तीय संस्थातर्फ भने क्षेत्रीय, प्रादेशिक तथा राष्ट्रियस्तरका समेत गरी ८५ वटा संस्थाहरु सञ्चालनमा रहेकोमा हालसम्म फष्र्ट माइक्रोफाइनान्स लघुुवित्त वित्तीय संस्था, आरएमडीसी लघुुवित्त वित्तीय संस्था, जीवन विकास लघुुवित्त वित्तीय संस्था, गुराँस लघुुवित्त वित्तीय संस्थासहितका ४७ वटाले मात्र गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोही आधारमा अझै ३८ वटा लघुुवित्त संस्थाहरुले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ । यसबाहेक मुुलुककै सबैभन्दा ठूलो बैंककोरुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x