बटुकनाथ झा
जनकपुरधाम, भदौ १
धनुषामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जनकपुरस्थित काव्या अस्पतालमा उपचारको क्रममा शुक्रबार मृत्यु भएपछि मृतकको स्वाब संकलन गरिएको थियो । तर उनको अन्त्येष्टिपछि आइतबार मात्र उनी कोरोना संक्रमणको कारण मृत्यु भएको खुलेको छ ।
मृतक जनकपुरधाम उपमहानगरपालिका १६ बस्ने ४३ वर्षीय पुरुष रहेको प्रदेश नं. २ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार ती मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले बताए । ती पुरुषलाई रुघाखोकी, ज्वरो लागेपछि अस्पताल भर्ना गरिएको थियो । उनको मृत्युसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
यता, जनकपुरमा लगाइएको लकडाउन आइतबार सकिए पनि पुनः एक साताको लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना जोखिम बढेपछि गएको साउन १९ गते रातिदेखि निषेधाज्ञा घोषणा गरेको थियो । स्थानीय प्रशासनले उक्त निषेधाज्ञाको समय बढाउँदै लगेको छ । निषेधाज्ञाको समय समाप्त हुन लागेपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले फेरि एक साताका लागि लकडाउन थप गरेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रले जानकारी दिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया