जोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड भुजेललाई
काठमाडौं, भदौ १
रसुवाकी दीपिशा भुजेलले २०२० को जोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड प्राप्त गरेकी छिन् । उनलाई जोन्टा क्लब अफ काठमाडौं, डिस्ट्रिक्ट २५, एरिया २ ले छनौट गरेर पुरस्कारका लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनौटमा पठाइएको थियो ।
उनी जोन्टा डिस्ट्रिक्टको ३२ जना पुरस्कार प्राप्तकर्तामध्ये एक हुन्, जसले १ हजार ५ सय अमेरिकी डलर प्राप्त गर्नेछिन् । छनौट गरिएको ३२ जनामध्ये उनी शीर्ष १० जोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स २०२० बाट सम्मानित भएकी हुन् । यसबाट उनले पाँच हजार अमेरिकी डलर गरि कुल छ हजार पाँच सय अमेरिकी डलर प्राप्त गर्नेछिन् ।
योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमको लक्ष्य भनेको १६ वर्षदेखि १९ वर्षसम्मका युवा महिलाहरुलाई स्वयंसेवी क्षेत्रतर्फ उनीहरुको प्रतिबद्धता र महिला सशक्तीकरणप्रति समर्पणलाई मान्यता दिएर सार्वजनिक मामिलामा सहभागी हुन प्रोत्साहन गर्नु रहेको जोन्टाले जनाएको छ ।
आवेदकहरुलाई उनीहरुको स्कुल र समुदायप्रति तिनीहरुको स्वैच्छिक प्रतिबद्धताको साथै देश र विश्वव्यापी महिला सशक्तीकरणका सीमित समस्याहरुलाई प्रतिविम्बित गर्न भनिएको थियो । जोन्टा इन्टरनेशनल योंग वुमन इन पब्लिक अफेयर्स अवार्ड कार्यक्रमले आजका युवा महिलाहरुलाई भोलिका नेताको रुपमा हेर्दछ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
- प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
- २७ सय ५६ बिन्दुमा उक्लियो शेयर बजार
- रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह बन्ने
- संविधानको मूलभूत विषयमा कसैले चाहेर पनि संशोधन हुँदैन: थापा
- प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाने
- तत्काल उद्योगको लाइन नकाट्ने समितिको बैठकको निर्णयमा दुई सञ्चालकको फरक मत
- सर्वोच्चद्वारा सुन व्यवसायमा संघको सिन्डिकेट रोक्न अन्तरिम आदेश
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया