घरेलुद्वारा करिब नौ हजार जनालाई सीपमूलक तालिम
पोसकान्त पोखरेल
बुटवल, भदौ ३
घरेलु तथा साना उद्योग कार्यालय भैरहवा रूपन्देहीले गत आर्थिक वर्षको अन्त्यसम्म आठ हजार आठ सय ५२ जनालाई विभिन्न किसिमका सीपमूलक तालिम दिएको छ । कार्यालयको तथ्याङ्कअनुसार कार्यालयले सुरुदेखि गत आर्थिक वर्ष २०७६/७७ सम्म आठ हजार आठ सय ५२ जनालाई सीपमूलक तालिम दिएको हो । कार्यालयका उद्यम विकास सहजकर्ता अनन्त पन्थीले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षसम्म विभिन्न कार्यक्रमअन्तर्गतका सात हजार दुई सय ७५ जना, मेडेपा कार्यक्रमअन्तर्गत एक हजार पाँच सय ७७ जना गरी आठ हजार आठ सय ५२ जनाले तालिम लिएका छन् ।
त्यस्तै कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न स्थानीय तहहरूमा ९० जनालाई सीपमूलक तालिम दिएको छ । पन्थीका अनुसार कार्यालयले सिलाइकटाइ तालिम सैनामैना नगरपालिकामा २० जना, सियारी गाउँपालिकामा २३ जना, देवदह नगरपालिकामा २० जना, मायादेवी गाउँपालिकामा मोटर ड्राईभिङ तालिम १७ जना सैनामैनामा मोबाइल मर्मत तालिम १०जनालाई गरी जम्मा ९० जनालाई सीपमूलक तालिम दिएको छ । कार्यालयमा गत आर्थिक वर्षमा मात्र तीन सय ६७ साना, चार घरेलु र एक लघु उद्यम दर्ता भएका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म साना, घरेलु र लघु उद्यम गरी १३ हजार चार सय ८४ उद्योग दर्ता भएका छन् । दर्ता भएका १२ हजार आठ सय ८४ साना उद्योगहरूले ८१ हजार नौ सय ८५ जनालाई रोजगारी दिएका छन् । तीन सय ७८ घरेलु उद्योगहरूले आठ सय ६२ जनालाई रोजगारी दिएका छन् भने दुई सय २२ लघु उद्योगहरूले छ सय ६८ जनालाई रोजगारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया