Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिषेधाज्ञामा पनि बैंकिङ सेवा उपलब्ध हुुने

निषेधाज्ञामा पनि बैंकिङ सेवा उपलब्ध हुुने


सुरेश राउत
काठमाडौं, भदौ ४
नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको समयमा पनि न्यूनतम बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बुुधबार सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा विकास बैंक, २२ वटा फाइनान्स कम्पनी, ८५ वटा लघुुवित्त वित्तीय संस्था एवं इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक समेतको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

परिपत्रमा भनिएको छ, ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण काठमाडौं उपत्यकालगायत मुुलुकका विभिन्न स्थानहरुमा निरन्तर वृद्धि हुुँदै गइरहेको अवस्थामा सोको रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्थानीय प्रशासनबाट निषेधाज्ञालगायतका विशेष आदेश जारी भइरहेको अवस्थामा त्यस्ता आदेशको परिपालना गरी बैंक तथा वित्तीय संस्थाहरुबाट सम्पादन गरिने आधारभूत सेवालाई निरन्तरता दिनको लागि स्वास्थ्य सुरक्षासँग सम्बन्धित मापदण्डहरु कायम नै रहने गरी आदेश अवधिभर न्यूनतम बैंकिङ सेवा सुचारु गर्न निर्देशन दिएको हो ।

निर्देशनअनुसार विद्युतीय माध्यमबाट हुुने कारोबारको सुनिश्चितता प्रदान गरी आफ्ना ग्राहकहरुलाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट कारोबार गर्न सूचित गर्ने, एटीएम मेसिनहरुमा पर्याप्त मात्रामा रकम राख्ने र सोको निगरानी गर्नुुपर्नेछ । यसैगरी अत्यावश्यक वस्तुुहरुको आपूर्ति सुनिश्चित गर्नको लागि ड्राफ्ट, टिटी, प्रतीतपत्र, ग्यारेन्टीजस्ता कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउने, सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयको लागि आलोपालो मिलाई न्यूनतम कर्मचारीहरुबाट न्यूनतम संख्यामा शाखाहरु खोलेर आधारभूत बैंकिङ कारोबार अर्थात् नगद भुक्तानी तथा नगद जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङ गर्ने व्यवस्था मिलाउनुुपर्नेछ ।

राष्ट्र बैंकका अनुुसार बैंक तथा फाइनान्स कम्पनीहरुले खुल्ने बैंकका शाखाहरुको विवरण तथा सम्पर्क व्यक्तिहरुको फोन नम्बर आफ्नो वेबसाइटमा अद्यावधिक गर्नुुका साथै बन्द रहने शाखाको मूलढोकामा सर्वसाधारणले देख्ने गरी खुल्ने वैकल्पिक शाखाहरुको नामावली टाँस गर्नुुपर्नेछ ।

क्रिष्टल फाइनान्सको अनुुमति खारेज :काठमाडौं, भदौ ३ । नेपाल राष्ट्र बैंकले क्रिष्टल फाइनान्सको अनुुमति खारेज गरेको छ । राष्ट्र बैंकका अनुसार वि.सं. २०५८ फागुुन ८ गते उक्त फाइनान्सलाई वित्तीय कारोबार सञ्चालनको लागि अनुुमति दिइएको थियो । हाल भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ८० बमोजिम उक्त फाइनान्सको अनुमति खारेज गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले उक्त फाइनान्सलाई २०६७ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा भएको स्थलगत निरीक्षणबाट संस्थाले सञ्चालक, संस्थापक तथा निजहरुसँग सम्बद्ध व्यक्ति तथा कम्पनीहरुलाई ४४ करोड ५९ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको आधारमा समस्याग्रस्त घोषणा गरी कारबाहीको प्रक्रिया सुरु गरेको थियो ।

फाइनान्सका उक्त कार्यबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन २०६७ को इ.प्रा.निर्देशन नंं. १/०६७ को पुँजीकोष तालिका (क वर्गबाहेक) निर्देशन फाराम नं. १.१ बमोजिम यस बैंकको निर्देशनअनुसार सो सम्पूर्ण रकमलाई संस्थाको प्राथमिक पुँजीबाट घटाउँदा तथा प्रवाहित कर्जाको सुपरिवेक्षकीय समायोजनपश्चात् चार करोड ५१ लाख ६४ हजार रुपैयाँ कर्जा नोक्सानी व्यवस्था थप गर्दा संस्थाको सञ्चित नोक्सानी दुुई करोड ३२ लाख ३७ हजार तथा पुँजीकोष ३० दशमलव चार प्रतिशत अर्थात् ३७ करोड २० लाख १४ हजार रुपैयाँले ऋणात्मक देखिएको थियो । सोही आधारमा राष्ट्र बैंकले २०६९ असोज ७ गतेदेखि क्रिष्टललाई समस्याग्रस्त वित्तीय संस्था घोषणा गरी कारबाही गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x