चालू आर्थिक वर्षमा १ अर्ब ७ करोड मुनाफा गर्ने सहकारी बैंकको लक्ष्य
काठमाडौं,भदौ ५
राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्ष २०७७÷०७८ मा एक अर्ब सात करोड मुनाफा आर्जन गर्न लक्ष्य लिएको छ । बैंकले चालू आवको अन्त्यसम्म १४ हजार पाँच सेयर सदस्य, दुई अर्ब ५० करोड सेयर पुँजी, ६० अर्ब निक्षेप, ४२ अर्ब कर्जा लगानी गरी एक अर्ब सात करोड मुनाफा आर्जन गर्ने लक्ष्य लिएको हो । बैंकको वार्षिक समीक्षा तथा आगामी योजनासम्बन्धी बिहीबार सम्पन्न २ दिने समीक्षा बैठकले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा गर्नुका साथै चालू आर्थिक वर्षका योजना तथा बजेट निर्माण गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तावित योजना पूर्णरूपमा कार्यान्वयन गर्दै १२ हजारभन्दा बढी सेयर सदस्य, दुई अर्ब २२ करोड सेयर पुँजी, ४७ अर्ब निक्षेप, २७ अर्ब कर्जा लगानी तथा ८४ करोड मुनाफा आर्जन गर्न सफल भएको थियो । समीक्षा बैठकबाट चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्नका लागि शाखाहरूलाई थप प्रभावकारीरूपमा सञ्चालन गर्नेलगायतका विषयमा योजना निर्माण भएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए । बैंकको लक्ष्य प्राप्तिका लागि सदस्य संघसंस्थाहरूको आवश्यकताका आधारमा सेवा प्रवाह गर्ने, सहकारी संघसंस्थाहरूको संस्थागत विकासका लागि वित्तीयलगायतका सेवाहरूलाई थप प्रभावकारी बनाइने भएको छ ।
सहकारी अभियानलाई व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउनक लागि जिल्ला तथा प्रदेशस्तरीय संघहरूको संस्थागत विकासमा समन्वय गर्ने, सहकारी संस्थाहरूको एकीकरणलाई प्रवद्र्धन गर्नेलगायतका कार्यक्रम बैठकले तय गरेको छ । बैंकले प्रदान गरेको कर्जा सदुपयोगिता अनुगमन तथा निरीक्षणलाई व्यवस्थित गर्ने, असल ऋणी कार्ड (ग्रिन कार्ड) वितरण गर्ने, व्यवसाय योजना तयार गरी परामर्श दिनेलगायतका काम गर्ने योजना बैंकले बनाएको छ ।
बैंकका अध्यक्ष केबी उप्रेतीले बैंकले दिने सेवासुविधामा कमी आउन नदिन तथा थप प्रभावकारी बनाउनका लागि वित्तीय तथा सेवाका बारेमा सचेत रहन व्यवस्थापन र शाखा प्रमुखहरूलाई आह्वान समेत गरे । बैंकले लिएको लक्ष्य पुरा गर्नका लागि सञ्चालक समितिले नीतिगत निर्णय गर्ने, व्यवस्थापनले योजना निर्माण गर्ने र शाखाहरूमार्फत कार्यान्वयन गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए । समीक्षा बैठकको पहिलो दिन ४४ वटा शाखा प्रमुखहरूले गत आर्थिक वर्षको यथार्थ अवस्था र चालू आर्थिक वर्षको वार्षिक लक्ष्य तथा लक्ष्य प्राप्तिका योजना प्रस्तुत गरेका थिए । त्यस्तै दोस्रो दिन शाखा प्रमुखहरूले प्रस्तुत गरेका योजना तथा कार्यक्रममाथि छलफल गरी वार्षिक लक्ष्य तय गरिएको हो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
- स्वर्गीय राईप्रति अध्यक्ष दाहालद्वारा श्रद्धाञ्जली अर्पण
- ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तरण
- फोहोरमैला व्यवस्थापन गर्न ढिलाइ नगरौँ: उपप्रधानमन्त्री सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया