Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअधिकांश विकास बैंकको नाफा घट्यो

अधिकांश विकास बैंकको नाफा घट्यो


सुरेश राउत
काठमाडौं, भदौ ७
बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण विकास बैंकहरुको नाफा खुम्चिएको छ । सरकारले कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणको लागि सरकारले चैत ११ गतेदेखि लगातार एक सय २० दिनसम्म लकडाउन गरेको र अहिले पनि घोषित तथा अघोषितरुपमा त्यो लकडाउन कायम नै रहेकाले पनि यसको असर विकास बैंकहरुको नाफामा देखिएको हो ।

बैंकिङ क्षेत्रमा अहिले क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी २० वटा विकास बैंकहरु सञ्चालनमा रहेका छन् । सोमध्ये हालसम्म १७ वटाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकोमा एक दर्जनभन्दा बढी विकास बैंकहरुको नाफा अघिल्लो आवको तुुलनामा घटेको छ भने बाँकीको नाफा सामान्यरुपमा मात्र बढेको छ । गत आवको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार मुुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, लुुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंकसहितका १३ वटा बैंकहरुको नाफा घटेको छ । यसअघिमा मितेरी डेभलमेन्ट बैंक, शाइन रेसुंगा डेभलमेन्ट बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक आदिको भने अघिल्लो आवको चौथो त्रैमासिकको तुुलनामा खुुद मुनाफा बढाएका छन् । गत आवको चौथो त्रैमासिकमा खुद मुनाफा घटे पनि मुुक्तिनाथ विकास बैंकको नाफा भने सबैभन्दा उच्च देखिएको छ ।

मुुक्तिनाथले गत आवको चौथो त्रैमासिकमा ६५ करोड ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ८५ करोड ६१ लाख ६६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी चार अर्ब ३२ करोड ४९ लाख ८९ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ५७ अर्ब २९ करोड ५२ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६९ करोड सात लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब २२ करोड ११ लाख पाँच हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ५३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ९९ प्रतिशत रहेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

गरिमा विकास बैंकले पनि गत आवको चौथो त्रैमासिकमा ५३ करोड ९३ लाख छ हजार पाँच सय रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा गरिमाको यस्तो नाफा ५९ करोड ४४ लाख २३ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिक अवधिमा ४२ अर्ब ४३ करोड ३० लाख २२ हजार दुुई सय २३ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ९४ करोड ९३ लाख ५७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ६२ करोड ३३ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा वितरणयोग्य नाफा ३४ करोड २४ लाख १९ हजार रुपैयाँ रहेको बैंकको स्प्रेडदर भने चार दशमलव ९५ प्रतिशत रहेको छ । शाइन रेसुुंगा डेभलपमेन्ट बैंकले भने गत आवको चौथो त्रैमासिकमा ४७ करोड ५१ लाख ६३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा शाइनको यस्तो नाफा ४१ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी तीन अर्ब एक करोड ६३ लाख ३९ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिकमा ३० अर्ब २० करोड ९१ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब ३५ करोड ७० लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव १० प्रतिशत कर्जा निष्क्रिय देखिएको छ । महालक्ष्मी विकास बैंकले भने गत आवको चौथो त्रैमासिकमा ४२ करोड ८५ लाख ६४ हजार छ सय ७३ रुपैयाँ खुद मुनाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६५ करोड ७७ लाख ७२ हजार पाँच सय ५४ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी तीन अर्ब सात करोड २० लाख ६१ हजार रुपैयाँ रहेको महालक्ष्मीले गत आवको चौथो त्रैमासिकमा ३६ अर्ब ९७ करोड ७१ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ४९ करोड २१ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५४ करोड ४१ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुुई दशमलव आठ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

ज्योति विकास बैंकले पनि गत आवको चौथो त्रैमासिकमा ४० करोड ८८ लाख १० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५३ करोड १३ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी तीन अर्ब ४९ करोड ५२ लाख ९३ हजार रुपैयाँ रहेको बैंकले गत आवको चौथो त्रैमासिकमा ३६ अर्ब ४० करोड ७२ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ५७ करोड ४१ लाख १९ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा शून्य दशमलव ६९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

लुुम्बिनी विकास बैंकले पनि गत आवको चौथो त्रैमासिकमा ३३ करोड ५९ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ६२ करोड छ लाख ८१ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी दुुई अर्ब ७१ करोड ६६ लाख ११ हजार रुपैयाँ रहेको लुुम्बिनीले गत आवको चौथो त्रैमासिकमा २८ अर्ब पाँच करोड ८८ लाख १९ हजार रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २४ करोड ९८ लाख ३४ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा दुुई दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।

यीबाहेक तिनाउ मिसन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंकले भने क्रमशः १९ करोड ६८ लाख नौ हजार, १८ करोड ३९ लाख ४५ हजार, १६ करोड ७३ लाख ८९ हजार र १४ करोड ६४ लाख १८ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुको खुुद मुनाफा क्रमशः चार करोड सात लाख ५६ हजार, ३४ करोड १८ लाख १९ हजार, १४ करोड ७२ लाख ६९ हजार र २८ करोड ४५ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी सप्तकोशी डेभलमेन्ट बैंक, कञ्चन डेभलमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धुु विकास बैंक, सहारा विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंकले भने गत आवको चौथो त्रैमासिकमा क्रमशः तीन करोड २९ लाख ४३ हजार, पाँच करोड ९९ लाख ७७ हजार, चार करोड ९७ लाख २० हजार, एक करोड ६६ लाख ७१ हजार, एक करोड २५ लाख ८७ हजार, तीन करोड ८३ लाख ९७ हजार र नौ लाख रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

अघिल्लो आवको सोही अवधिमा यी बैंकहरुको नाफा क्रमशः छ करोड ५४ लाख ६५ हजार, १० करोड २१ लाख १४ हजार, तीन करोड ६५ लाख ५० हजार, चार करोड ३५ लाख ४३ हजार, एक करोड ९३ लाख ११ हजार, १६ करोड ८४ लाख ७७ हजार र एक करोड २१ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x