वयोधा अस्पताललाई कोरोना परीक्षण गर्न रोक
बीरगञ्ज, भदौ ७
वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालले सरकारबाट अनुमति नलिई कोरोनाको पीसीआर परीक्षण गरेको खुलासा भएको छ । बितेको डेढ सातादेखि अस्पतालले संकलन गरेको स्वाब काठमाडौं पठाएर परीक्षण गराउँदै आएको थियो । अनुमति नलिई स्वाब संकलन गरी परीक्षण गर्दै आएको पाइएपछि जिल्ला प्रशासन कार्यालय पर्साले परीक्षणमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले स्वाब नमुना संकलन र परीक्षणमा रोक लगाएको जानकारी दिएका छन् । वयोधा अस्पतालले गरेको परीक्षणको नतिजा र संख्याबारे कोभिड १९ संकट व्यवस्थापन केन्द्र पर्सालाई कुनै जानकारी नै नगराइएको केन्द्रका प्रतिनिधिहरूको भनाइ छ । केही पहिले वयोधा अस्पतालमा स्वाब नमुना दिएका ३५ जनामा संक्रमण फेला परे पनि त्यसको तथ्यांक अस्पतालले जिल्लाका कुनै पनि आधिकारिक निकायमा नदिएको बताइएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्देशनमा प्रहरी लगाएर उक्त परीक्षणको रिपोर्ट जिल्ला प्रशासन कार्यालय पर्साले मगाएको थियो । अस्पतालले अनुमतिबिनै होटल दियालो लड्र्समा आइसोलेसन सञ्चालन गरेको नेपाल सरकारका पर्सास्थित स्वास्थ्य अधिकारीहरूले बताएका छन् । वयोधा अस्पतालको सो कार्यले संक्रमितको यकिन तथ्यांक र व्यवस्थापनमा कठिनाइ भइरहेको प्रजिअ तामाङको भनाइ छ ।
स्थानीय प्रशासनले रोक लगाएपछि अस्पताल प्रशासनले सूचना जारी गरी पीसीआर परीक्षण अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ । गत साउन २८ गतेदेखि वयोधा अस्पतालले स्वाब संकलन सुरू गरेको थियो । अस्पतालले स्वाबको पीसीआर परीक्षणबापत पाँच हजार पाँच सय रूपैयाँ लिने गरेको थियो । कोरोनाको हटस्पट बनेको वीरगञ्जमा पीसीआर परीक्षणका लागि एक मात्र नारायणी अस्पतालको प्रयोगशाला छ । शुल्क तिरेर परीक्षण गराउँदा पनि नारायणीको प्रयोगशालाबाट रिपोर्ट आउन ढिला हुने गरेको छ । यसैबीचमा वयोधाले पीसीआर परीक्षण गर्ने जनाएपछि स्थानीय त्यहाँ जान थालेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- उपहारमा पाएको जग्गामा एमालेले कति कर तिर्नुपर्ने हुन्छ?
- केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- लामिछानेलाई पोखरा ल्याइयो
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया