बजार परिसूचक १२ दशमलव ७७ अंकले उक्लियो
काठमाडौं, भदौ ८
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक १२ दशमलव ७७ अंकले उकालो लागेर १४ सय १० दशमलव ३४ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १९ अंकले उकालो लागेर दुुई सय ८९ दशमलव ५५ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८४ कम्पनीहरूको कारोबार भएका छन् । यसदिन १६ हजार पाँच सय ७९ वटा कारोबारमा २४ लाख ९८ हजार छ सय ६२ कित्ता सेयर खरिदबिक्री हुँदा कुुल कारोबार रकम एक अर्ब १० करोड ८० लाख ५३ हजार पाँच सय ९७ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये तीनवटा समूहको सूचक घटेका छन् भने बाँकी समूहको सूचक बढेका छन् । सोअनुुसार वाणिज्य बैंक समूहको सूचक चार दशमलव आठ अंकले उकालो लागेर ११ सय ८३ दशमलव ६० अंकमा पुुग्दा विकास बैंक समूहको सूचक सात दशमलव ९३ अंकले उकालो लागेर १७ सय ३५ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय ३३ दशमलव २२ अंकले उकालो लागेर छ हजार नौ सय ६८ दशमलव ५२ अंकमा पुुगेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ७३ दशमलव ८४ अंकले उकालो लागेर आठ हजार छ सय ९४ दशमलव छ अंकमा पुुगेको छ ।
यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुुवित्त वित्त समूहको सूचक पनि क्रमशः २३ दशमलव ९४, छ दशमलव तीन, ८८ दशमलव २३, चार दशमलव १४ र २३ दशमलव ६१ अंकले उकालो लागेका छन् । ट्रेडिङ समूहको सूचक भने यसदिन दुुई दशमलव ५६ अंकले ओरालो लागेर आठ सय ६४ दशमलव ३० अंकमा झरेको छ भने जलविद्युुत् समूहको सूचक एक दशमलव ३८ अंकले ओरालो लागेर नौ सय ४९ दशमलव ६४ अंकमा झरेको छ । यसैगरी सामूहिक लगानी कोष समूहको सूचक पनि शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेको छ ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समृद्धि फाइनान्सको सेयर मूल्य नौ रुपैयाँ ७७ पैसाले बढेर एक सय ४६ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सात रुपैयाँ २४ पैसाले बढेर सात सय २६ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक तारागाउँ रेजिडेन्सी होटल, प्रभुु इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ७० पैसाले घटेर ७८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको युनियन हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ २८ पैसाले घटेर ५९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक साञ्जेन हाइड्रोपावर कम्पनी, दिव्येश्वरी हाइड्रोपावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेको इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता सात सय २७ रुपैयाँ अन्तिम मूल्यमा १३ करोड ७२ लाख चार हजार पाँच सय सात रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको शिवम् सिमेन्टको प्रतिकित्ता छ सय ३४ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ६१ लाख ८८ हजार छ सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल पुनर्बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । नेप्सेका अनुसार यसदिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १२ दशमलव ५० प्रतिशत अर्थात् २५ लाख नौ हजार नौ सय २५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया