Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यशैली परिवर्तन नहुँदा संक्रमण बढ्ने खतरा

नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यशैली परिवर्तन नहुँदा संक्रमण बढ्ने खतरा


सुरेश राउत
काठमाडौं, भदौ ८
सरकारले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि भन्दै चैत ११ गतेदेखि देशव्यापीरूपमा लकडाउनको घोषणा ग-यो । त्यो लकडाउनले एक सय २० दिनसम्म निरन्तरता पायो । अहिले लकडाउन अन्त्य भएको घोषणा गरिएपनि निशेधाज्ञाको नाउँमा नयाँ किसिमको लकडाउन सुरु भएको छ । यस्तो किसिमको निशेधाज्ञा अहिले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित झण्डै ४० जिल्लामा फैलिएको छ ।

अहिले कोभिड १९ नियन्त्रणको लागि भन्दै ४० जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । चाहे लकडाउन होस् वा निशेधाज्ञा अथवा सिल नै। कोरोना नियन्त्रणको लागि सरकारले जे निर्णय गरे पनि त्यो कार्यान्वयनमा ल्याउने निकाय भनेको नेपाल प्रहरी नै हो । अहिले देशका सबैजसो मुख्य सडक, चोक, गल्ली र नाका र टोलहरूमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति रहेको छ । जनतालाई सडकमा, घरबाहिर निस्कन नदिनको लागि, निस्किएमा कारबाही गरेर होल्डमा राख्नेलगायतका काम प्रहरीले गर्दै आएको छ ।

संक्रमण नियन्त्रण तथा रोकथामको लागि दिनरात सडकमा खटिएपनि प्रहरीले जस पाउन सकेको छैन । यसको प्रमुुख कारण हो, प्रहरीको परम्परागत कार्यशैली । प्रहरीले बदलिँदो परिस्थिति र त्यो परिस्थितिमा कसरी कार्य गर्ने भन्ने कुराको सहीनिर्णय लिन नसक्दा आम नागरिकलाई संंक्रमणबाट जोगाउन खोज्ने नेपाल प्रहरी आफैँ संक्रमित बन्न पुुगेकाछन् । सरकारले लकडाउन तथा निशेधाज्ञासम्बन्धी एउटा निर्णय गर्छ । जहाँसम्म लाग्छ, त्यो निर्णय सबै किसिमका तह र तप्कामा पुुग्छन् । तर त्यो निर्णय नेपाल प्रहरीले कार्यान्वयनमा ल्याउँदै फरक हुन्छ ।

उदाहरणको लागि स्थानीय तहले काठमाडौँ, भक्तपुर र ललितपुरमा यही गत बुधबार राति १२ बजेदेखि १० गते बुुधबार राति १२ बजेसम्म निशेधाज्ञा जारी ग¥यो । उक्त निशेधाज्ञामा सरकारले अतिआवश्यक भनेर परिभाषित गरेका सबै निकाय खुल्ला गर्नेे भनियो । त्यसमा बैंकहरू पनि परे । तर भोलिपल्ट प्रहरीले बैंकमा कर्मचारीलाई हिँड्न दिएन । सडकमा नै होल्ड ग-यो। त्यो दिन विरोधस्वरूप सबै बैंकहरू बन्द गरिए । पछि गृह मन्त्रायलको निर्देशनमा शुक्रबारदेखि बैंकका कर्मचारीहरूलाई परिचयपत्र देखाएर छाड्ने काम भयो ।

यो त एउटा सानो उदाहरण मात्र हो, प्रहरीको निर्णय कार्यान्वयनमा क्षमतामा उठेको प्रश्नको । लकडाउन र निशेधाज्ञाको बीचमा यस्तै धेरै उदाहरणछन्, जसमा सरकारी निर्णय र प्रहरीको कार्यशैली बाझिएको छ। अहिले पनि प्रहरीले सर्वसाधारणलाई चेकजाँज गर्ने नाउँमा आम नागरिकको नजिकै जाने, कागजपत्र, ओल्टाइपल्टाइ हेर्दै चेक गर्ने, त्यो कागजपत्र आफैँ राख्ने अनि भोलिपल्ट फिर्ता गर्ने ।

जोर–बिजोर र होल्डिङको नाउँमा सर्वसाधारणलाई भीडभाडमा जम्मा गरी न्यूनतम दूरी पनि कायम नहुने गरी राख्ने र केही घण्टा होल्ड गरेर छोड्ने, घटनास्थलमा नै मिल्न सक्ने सामान्य किसिमका घटनालाई चौकीसम्म लाने, थुन्ने आदि धेरै यस्ता क्रियाकलापहरू रहेकाछन् । जसका कारण प्रहरीमा कोभिड १९ को संक्रमण फैलिँदै गएको छ । महाराजगञ्ज वृतको एउटा थुुनुवामा कोभिड १९ देखिँदा त्यो व्यक्तिसँग सम्पर्कमा आउने पाँच जना प्रहरी आइसोलेसनमा राखियो भनिएको छ । सडकमा खटिने ट्राफिक प्रहरी, सशस्त्र प्रहरीमा कोरोना संक्रमण फैलिनुुको प्रमुुख कारण प्रहरीले आफ्नो कार्यशैली परिवर्तन नर्गनुु नै हो ।

प्रहरीले चेकजाँजको नाउँमा स्वास्थ सुरक्षाको मापदण्डलाई बेवास्ता गर्दा संक्रमणसमाजमा फैलिने डर हुुन्छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका केही प्रहरीमा कोभिड १९ को संक्रमण देखिएपछि त्यो संक्रमण समुुदायको फैलिएको छ । यो एउटा सानो उदाहरण मात्र हो । प्रहरी र सशत्र प्रहरी जहिले पनि समूहगतरूपमा बस्ने गर्छन् । व्यारेकमा बस्ने यो समूहको सानो हेलचेक्र्याइँले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

केही समयअघि मात्र सशस्त्रले सीमा क्षेत्रमा प्रहरीको संख्या अपुुग भयो भनेर एक सय ८० जनालाई सर्लाही र पर्सामा पठायो । जसमध्ये ९९ जना सलार्ही र ९१ जना पर्सामा पठाइयो । ती सबैको व्यारेक एउटै थियो । मेस एउटै थियो । अहिले तीसशस्त्र प्रहरी काठमाडौँमा रहेकाछन् । तीमध्ये केही काठमाडौँको फर्पिङमा र केहीलाई भक्तपुरको खरिपाटीमा राखिएको छ ।

कोभिड १९ बाट संक्रमित भएका र नभएका सबैलाई एउटै ठाउँमा राखिएको छ । यसले गर्दा आगामी दिनमा नेपाल प्रहरी र सशस्त्रप्रहरीमा कोभिड १९ बाट संक्रमित हुुनेहरूको संख्या अझै बढ्न सक्ने देखिन्छ । यो अवस्था आउन नदिनको लागि नेपाल प्रहरी र सशत्र प्रहरीले आफ्नो कार्यशैलीमा परिवर्तन गर्नुुपर्छ ।

आम नागरिकलाई कोरोनाबाट बचौं भनेर माइकिङ गर्दै हिँड्ने प्रहरीले आफ्नो कार्यशैलीमा परिवर्तन गर्नै पर्छ । यसो नगर्ने हो भने अहिले पाँच सय ८३ को हाराहारीमा पुुगेको संक्रमित हुने प्रहरीको संख्या अझै बढ्न सक्छ । यो अवस्था आउन नदिन सबैले आफ्नो कार्यशैली परिवर्तन गर्नुुपर्छ । आम नागरिकले पनि प्रहरीले गरेको सकारात्मक कार्यको उच्चसम्मान गर्दै सरकार र स्थानीय निकायको नीतिनियम र निर्देशनलाई पालना गर्नै पर्छ । अनिमात्र कोरोनालाई जित्न सकिन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x