Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्रकमा फल्स बनाई राजस्व छली

ट्रकमा फल्स बनाई राजस्व छली


ललितपुर, भदौ ८
भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याबिन कोठा) बनाई राजस्व छली गरेको अभियोगमा राजस्व अनुुसन्धान विभागले ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । रजनिशकुमार गुप्ता र राजेन्द्र थापासहित ६ जनाले भन्सार चोरीपैठारी गरी राजस्व करोडौँको चुहावट गरेको विभागले जनाएको छ । उनीहरूमाथि तीन करोड १९ लाख ७७ हजारबराबरको राजस्व छली गरेको आरोप छ ।

उक्त रकमबराबरको बिगो कायम गरी बिगो असुल, जरिवाना र कैद सजायाको मागसहित राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । उनीहरूले फल्स बटम बनाई भारतबाट कपडा लुकाईछिपाई ल्याई चोरीपैठारी गरी राजस्व चुहावट तथा छली गरेको विभागले जनाएको छ । विभागका अनुसार उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित)को दफा ३ ले निषेधित गरेको दफा ४ को खण्ड (क), (ख), (छ) र (झ) बमोजिमको कसुरजन्य कार्य गरेको हुन् ।

उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका सञ्चालक राजेन्द्रप्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिलकुमारको हकमा बरामद मालवस्तुको मूल्य ५३ लाख २९ हजार बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम जरिवाना तथा कैद सजायको माग गरिएको छ ।

त्यस्तै अन्य प्रतिवादीहरू बारा कलैया नगरपालिका–८ आदर्शटोल स्थायी ठेगाना भई काठमाडौंमा कपडा पसल सञ्चालन गर्ने रञ्जितकुमार गुप्ता र सृजन शर्माको नाममा दर्ता भएको पशुपति ट्रान्र्सपोर्ट सोलुसनका भारतको दिल्ली घर भई ललितपुर महानगरपालिकाको धोवीघाटमा बसोबास गर्दै आएका रजनिशकुमार गुप्ता र राजेन्द्र थापाले फल्स बटमभित्र लुकाई पठाएको मालवस्तुहरू व्यवस्थापन गर्न मुख्य भूमिका खेल्ने कार्य गरेका थिए ।

उनीहरूको हकमा बरामद बिगोको अतिरिक्त उक्त ट्रकमा लुकाईछिपाई योभन्दा पहिला ५ पटक चोरीपैठारी गरी नेपाल ल्याई बिक्रीवितरण गरेकोे मालवस्तुसहित भन्सार चोरीपैठारीअन्तर्गत तीन करोड १९ लाख ७७ हजार बिगो कायम गरी असुलउपर गरी सजायको माग गरिएको विभागले जनाएको छ । साथै बरामद कपडा र उक्त कपडा ढुवानी गर्न प्रयोग भएको यूपी ७८ सीएन ३४६५ नम्बरको भारतीय ट्रकसमेत ऐनको दफा ३३ बमोजिम जफत गर्न माग गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x