Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकञ्चनपुरमा ७ दशमलव ४८ प्रतिशत मात्रै राजस्व संकलन

कञ्चनपुरमा ७ दशमलव ४८ प्रतिशत मात्रै राजस्व संकलन


धन बहादुर जप्रेल
कञ्चनपुर, भदौ ८
कञ्चनपुरमा गत आर्थिक वर्ष २०७६/०७७ मा लक्ष्यभन्दा कम राजस्व संकलन भएको आन्तरिक राजस्व कर कार्यालय कञ्चनपुरले बताएको छ । आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरको तथ्यांकअनुसार लक्ष्यभन्दा ३२ दशमलव ५२ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा जम्मा ३ अर्ब ६६ करोड ५४ लाख ७ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये २ अर्ब ६९ करोड ४५ लाख ७ हजार मात्रै संकलन गरेको छ । झण्डै ९९ करोड ७ लाख कम राजस्व संकलन भएको छ । तीन महिना पूर्ण लकडाउन भएका कारण कार्यालयले लक्ष्यअनुसार आन्तरिक राजस्व संकलन गर्न नसकेको हो ।

अघिल्लो वर्ष २०७५/०७६ मा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको थियो । आव २०७५/०७६ मा लक्ष्यभन्दा ४२ करोड १० लाख ३३ हजार बढी राजस्व संकलन गरिएको थियो । १ अर्ब ६१ करोड ७४ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २ अर्ब ३ करोड ८५ लाख ७ हजार राजस्व संकलन गर्न सफल भएको थियो । झण्डै २६ प्रतिशत बढी राजस्व संकलन भएको थियो ।

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरका नासु भीम विष्टले लकडाउनका बेला मदिराको कारोबार नहुँदा लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको बताए । ‘लकडाउनले मदिरा उत्पादन तथा कारोबार भएन’, उनले भने, ‘त्यसपछि उठ्नुपर्ने राजस्व उठ्न सकेन् ।’ आन्तरिक राजस्व कार्यालयले आयकर, घरबहाल, कर, स्वास्थ्य शिक्षा, अन्तशुल्क बाह्य शुक्ललगायतका कर संकलन गर्दै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x