Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोलाई ईआईएसए एड्भान्स्ड स्मार्टफोन २०२०–२०२१ एवार्ड प्रदान

ओप्पोलाई ईआईएसए एड्भान्स्ड स्मार्टफोन २०२०–२०२१ एवार्ड प्रदान


काठमाडौं, भदौ ८
यूरोपियन इमेज एण्ड साउन्ड एसोसिएसन (ईआईएसए)ले ओप्पो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०–२०२१’ उपाधि प्रदान गरेको छ । ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरू समाविस्त एक समूह हो ।

‘ओप्पोको अत्याधुनिक प्रविधिहरू सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिससहितको डिजाइन अझ विशेष छ । यसले प्रयोगकर्तालाई तिनका दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ । प्रिमियम प्रतिस्पर्धाभन्दा धेरै माथि यो ओप्पोको हालसम्मकै सर्वोत्कृष्ट स्मार्टफोन हो’, ईआईएसएले उल्लेख गरेको छ ।

‘ईआईएसएद्वारा पहिलो पटक ओप्पो फाइन्ड एक्सटू प्रोका लागि यो एवार्ड पाउँदा हामी निकै गौरवान्वित छौँ । हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइनलगायत हरेक पक्षमा निरन्तर नवप्रवर्तन पस्कने प्रयासमा छौँ । स्पष्ट, सहज र व्यावसायिक ओप्पो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ । यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभवलगायतलाई फाइभजी यूगका लागि नयाँ प्रस्तुति पस्केको छ’, ओप्पो वेस्टर्न यूरोपका अध्यक्ष म्यागी छ्यूले भने ।

ओप्पो फाइन्ड एक्सटू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२० एचजेड रिफ्रेस रेटसहितको क्यूएचडी प्लस एमोलेड स्क्रिन जडान गरिएको छ । यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणालीपनि उपलब्ध गरिएको छ । यसमा सुसज्जित फ्ल्यागशीप क्वालकम(आर) स्न्यापड्रागन(टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम(आर) स्न्यापड्रागन(टीएम) एक्स ५५ फाइभजी मोडेम(आरएफ प्रणालीका साथमा ६५ वाट सुपरभोक २.० फ्ल्यास चार्ज (ओप्पोद्वारा डिजाइन तथा विकास गरिएको)ले प्रयोगकर्तालाई नौलो तथा उत्साहजनक अनुभव प्रदान गर्छ ।

ईआईएसए मल्टिमिडिया प्रविधिका विशेषज्ञहरूको विश्वकै बृहत् स्वतन्त्र सहकार्य हो । यसले कञ्जुमर इलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्छ ।विगत ४० वर्षदेखि ईआईएसए अवार्डले कञ्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदान गर्दै आइरहेको छ । २९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, ईन(कार र मोबाइल इलेक्टोनिक्स म्यागेजिन र वेबसाइटको प्रतिनिधित्व गर्ने ६१ जना विशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन् । यसमा सम्मिलित विशेषज्ञ टोलीले स्वतन्त्र रूपमा काम गरे पनि ईआईएसएको छत्रअन्तर्गत सहकार्य गर्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x