अमेरिकी प्रतिबन्धविरुद्ध अदालत जाने टिकटकको निर्णय
अमेरिका, भदौ ८
छोटो भिडियो सेयरिङ एप टिकटकले अमेरिकी सरकारविरुद्ध कानुनी लडाइँ लड्ने भएको छ । एजेन्सीहरूका अनुसार आफ्नो मातृकम्पनी बाइटीडान्सलाई अमेरिकामा रहेको व्यवसाय बेच्न दबाब दिने ट्रम्प प्रशासनको निर्णयविरुद्ध टिकटक अदालत जानलागेको हो ।
कम्पनीले शनिबार कानुनी लडाइँ लड्ने बताएको हो । अगस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ९० दिनभित्र अमेरिकामा रहेको टिकटक व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न भनेका थिए । टिकटकका प्रवक्ता जोस गार्टनरले प्रविधिसम्बन्धी अनलाइन द भर्जलाई आफू अदालत जाने बताएका हुन् ।
आफूहरूले १ वर्षसम्म रचनात्मक समाधानको अपेक्षा गरे पनि अमेरिकी सरकारले दबाब दिएको उनको भनाइ छ । ट्रम्प प्रशासनले अनावश्यक दबाब दिएकाले त्यसविरुद्ध कानुनी लडाइँ लड्ने टिकटकले बताएको हो । यसअघि नै टिकटकले अदालतमा मुद्दा दायर गर्ने समाचारहरू आए पनि शनिबार स्वयं कम्पनीले जानकारी दिएको हो ।
अमेरिकाले टिकटकले अमेरिकी नागरिकको व्यक्तिगत विवरण आफ्नो मातृकम्पनी बाइटीडान्स हुँदै चीन सरकारसम्म पु-याउने र त्यो अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि खतरा हुने भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । साथै ९० दिनभित्र अमेरिकी कम्पनीलाई बिक्री गर्न भनिएको थियो। राष्ट्रपतिको कार्यकारी आदेशपछि माइक्रोसफ्टले टिकटक किन्न धेरै जोडबल गरिरहेकोमा पछिल्लो समय ट्वीटरले पनि इच्छा देखाइरहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया