परराष्ट्र मन्त्रालयको तथ्याङ्क, राष्ट्रिय मानव अधिार आयोगको पछिल्लो स्थलगत अध्ययनदेखि विभिन्न अनुसन्धन गर्ने संस्था र निकायले गरेका प्रक्षेपणअनुसार कोरोनाको यो महामारीमा करिब छदेखि आठ लाख नेपालीले वैदेशिक रोजगारी गुमाउने संकेत देखापरेको छ । सहजरूपको आवागमन हुन पायो भने त्यस्तो समयको केही दिनमै यो संख्या नेपाल फर्कन थाल्नेछ । त्यसमाथि यो परिस्थितिले विदेशमा बस्नेहरूको संख्या घटेर आफ्नै घरपरिवारसँग सन्निकट हुन खोज्नेहरूको संख्या पनि धेरै नै हुनेछ । यस्तो बेला सरकारको त्यो जनसंख्यालाई धान्ने योजना र कार्यक्रम के छ भन्ने प्रश्न आम तहमा नै उठ्न थालेको छ । खासगरी सरकार हरेक कुराको व्यवस्थापनमा एकपछि अर्को गर्दै चुक्दै गएका दृश्यहरू प्रकट भैरहेका बेला त थपिएको यो जनसंख्याका बारे वास्तवमा नै गम्भीर हुन आवश्यक छ ।
पछिल्लो समय एउटा अनुसन्धानसम्बन्धी संस्था ‘सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी’को एक अध्ययनले यतिबेलासम्म वैदेशिक रोजगारीमा रहेकाहरूमध्ये २० प्रतिशत आप्रवासी नेपाली कामदार बेरोजगार हुने खतरा औँल्याएको छ । यही बेला राष्ट्रिय मानव अधिकार आयोगले स्थलगत अध्ययन गर्दा पनि चित्र त्यस्तै देखिएको थियो । आयोगले त आठ लाखको संख्या भनेको छ । यी दुवै अध्ययनले यतिबेला करिब २८ देखि ३० लाख नेपाली वैदेशिक रोजगारीमा रहेका र तीमध्ये सरदरमा २० प्रतिशतले रोजगारी गुमाउने अवस्था प्रकट भएको छ ।
कोभिड १९ महामारीको अवस्था संसारभरि एकै प्रकारको छ । यतिबेला नेपालमै पनि र आफ्नै नागरिकमा पनि सबैभन्दा पहिले यसबाट सुरक्षा खोजिरहिएको बेला सबैतिरको अवस्था त्यस्तै हो भन्ने अनुमान गर्न सकिने हुन्छ । यहाँ उल्लेख भएका संस्थाका प्रतिवेदनले कोभिड १९ को महामारीपश्चात् उल्लिखित संख्यामा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारले रोजगारी गुमाएको, बेतलबी बिदामा बस्नुपरेको वा श्रम सम्झौताको अवधिअघि नै घर फर्कन दबाब परेको भन्ने विवरण दिएका छन् । यी प्रतिवेदनको चिन्ताको विषय हो, जसले रोजगारी गुमाए तिनका परिवारमा त्यसको प्रभाव कस्तो पर्छ भन्ने ।
उता रोजगारी गुमाउनु र यता उनका परिवारमा गरिबीका कारण भोकमरी उब्जनु एकैपट हुनसक्ने शंका गरिएको छ । जब बाह्य आम्दानीमा भरपर्ने अवस्था आयो वा त्यसप्रकारको बानी प-यो, त्यसले गुजाराका वैकल्पिक बाटाहरू आफैँ बन्द गर्दै गएका अवस्था छन् । सरकारले सोच्नुपर्ने र तत्काल कार्यक्रम ल्याउनुपर्ने ठाउँ पनि यही हो ।
यी प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमध्ये एक तिहाइभन्दा धेरै भारतमा रहेको देखाएका छन् । भारतमा करिब १० लाख नेपाली कामदार कार्यरत रहेको विवरण आएको छ । भारतबाट यो पटक कामदार जसरी आए र तिनले जस्तो सास्ती व्यहोर्नु प–यो त्यस्तो अवस्थामा विगतको जस्तो सहजै यो संख्या फेरि भारततर्फ रोजगारीका लागि जालान् भन्नसक्ने अवस्था देखिँदैन । यो सामान्य अवस्थाको कुरा हो । यी अध्ययनमा देखायएअनुसार मलेसियामा चार लाख ६८ हजार, कतारमा चार लाख ३६ हजार, साउदी अरबमा तीन लाख ५२ हजार तथा संयुक्त अरब इमिरेट्समा दुई लाख २७ हजार नेपाली कामदार छन् । अबको खाँचो हो, सरकारले यसको व्यवस्थापन गर्नु । उता बेरोजगार र यता हाहाकार सँगसँगै आउन लागेको छ ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया