सेयर बजार परिसूचक १४ सय ३१ अंकमा
सेयर बजार परिसूचक १४ सय ३१ दशमलव ६० अंकमा चढेको छ । यस दिन बजार परिसूचक २१ दशमलव २६ अंकले उकालो लागेर बजार परिसूचक उक्त अंकमा पुुगेको छ । यसदिन ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५९ अंकले उकालो लागेर दुई सय ९३ दशमलव १४ अंकमा चढेको छ । यसदिन कुुल एक सय ८२ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार २७ हजार पाँच सय ६६ वटा कारोबारमा ४९ लाख २४ हजार दुुई सय ८९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम दुुई अर्ब १३ करोड ९२ लाख दुुई हजार ७५ रुपैयाँको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार होटल समूहको सूचक एक दशमलव ४३ अंकले ओरालो लागेर १५ सय १९ दशमलव ७० अंंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १५ दशमलव ८२ अंकले उकालो लागेर ११ सय ९९ दशमलव ४२ अंकमा चढेको छ भने विकास बैंक समूहको सूचक १७ दशमलव १६ अंकले उकालो लागेर १७ सय ५२ दशमलव ७३ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि सात दशमलव २२ अंकले उकालो लागेर नौ सय ५६ दशमलव ८६ अंकमा पुुगेको छ भने लघुवित्त समूहको सूचक पनि ५५ दशमलव ७३ अंकले उकालो लागेर २४ सय ३४ दशमलव ९० अंकमा चढेकोे छ ।
यीबाहेक निर्जीवन बीमा समूहको सूचक पनि एक सय २८ दशमलव ६९ अंकले उकालो लागेर सात हजार ९७ दशमलव २२ अंकमा चढेको छ भने जीवन बीमा समूहको सूचक पनि एक सय ६२ दशमलव ८७ अंकले उकालो लागेर आठ हजार पाँच सय ५६ दशमलव ९३ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १३ दशमलव ७३, तीन दशमलव ६६, ६४ दशमलव ९१, १२ दशमलव ३६ र शून्य दशमलव शून्य तीन अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य छ रुपैयाँ ९० पैसाले बढेर एक सय २४ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य छ रुपैयाँ २५ पैसाले बढेर ५१ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक आरएमडीसी लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी आदि परेका छन् ।
बढी गुमाउने कम्पनीको सूचीमा भने पहिलो स्थानमा परेको छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य दुुई रुपैयाँ २५ पैसाले घटेर ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीको सेयर मूल्य एक रुपैयाँ ९७ पैसाले घटेर एक सय ४९ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मल्टीपर्पोस फाइनान्स, प्रोग्रेसिभ फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता छ सय २० रुपैयाँ अन्तिम मूल्यमा १९ करोड ३७ लाख पाँच हजार सात सय २१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १३ सय ८६ रुपैयाँ अन्तिम मूल्यमा १० करोड ३२ लाख ४१ हजार एक सय १९ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेको इन्स्योरेन्स, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया