विराटनगर, भदौ ९
मोरङ व्यापार संघ र उद्योग संगठनले निषेधाज्ञामा पनि उद्योग सञ्चालन गर्न दिन माग गरेका छन् । दुवै संस्थाले एक विज्ञप्ति जारी गरी उत्पादन घट्न नदिन र अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसायलाई निरन्तर सञ्चालन गर्ने दिन माग गरेका हुन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना महामारी अझै लामो समय हाम्रो माझ रहिरहने प्रक्षेपण गरेको सन्दर्भमा सङ्मक्रणको जोखिमबाट बच्न विश्व स्वास्थ्य संगठनका साथै नेपाल सरकारद्वारा जारी गरिएको स्वास्थ्यसम्बन्धी आचारसंहिता अनिवार्य पालना गर्नेगरी उद्योग सञ्चालन गर्न दिन दुवै संस्थाका अध्यक्ष प्रकाश मुन्दडा र भीम घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोना भाइरसबाट बच्न एक मात्र विश्वासिलो आधार सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने, निर्मलीकरण गर्ने तथा साबुनपानीले हात धुने भएकाले यसको प्रयोगलाई सबै उद्योगी व्यापारीले कडाइका साथ पालना गर्न अपिल गरिएको छ । महामारीको यस अवस्थामा उत्पादन प्रक्रियालाई निरन्तरता दिई आपूर्ति व्यवस्था सहज बनाउन सहयोग पु-याउँदै आएका उद्योग व्यवसायलाई सहजरूपमा सञ्चालन गर्नका लागि आवश्यक वातावरण तयार गरिदिन तीनै तहका सरकारसँग एवं स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया