हेटौंडा, भदौ ९
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि गत साउन २६ गतेदेखि जारी गरेको निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्ला कमाण्ड पोस्टको बैठकले निषेधाज्ञालाई भदौ १५ गतेसम्म निरन्तरता दिन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेपछि प्रशासन कार्यालयले सोहीअनुसार निर्णय गरेको हो ।
बैठकमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि संकलित स्वाबको रिपोर्ट आउन ढिला भएकोले बिरामीलाई चाँडोभन्दा चाँडो रिपोर्ट दिने विषयमा पनि छलफल भएको कमाण्ड पोस्टका सल्लाहकार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए । अहिले स्वाब परीक्षणका लागि धुलिखेलमा पठाइने गरेको छ ।
परीक्षणको दायरा बढाउन जिल्लामा नै मेसिन ल्याउने तयारी भइरहेको पनि उनले बताए । यसअघिको बैठकमा जिल्ला समन्वयका अधिकारीको संयोजकत्वमा कार्यदल बनाई निषेधाज्ञाको विकल्प खोजी जनजीवन सहज बनाउने सुझाव पेस गर्न भनिएको थियो । कार्यदलले पनि भदौ १५ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने प्रतिवेदनमा पेस गरेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया