स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न मानव अधिकार आयोगको आग्रह
काठमाडौं, भदौ ९
राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षा गर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।
स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्नेप्रति सचेत गराउँदै आयोगले उनीहरूलाई सहयोग र सम्मानजनक व्यवहार गर्न सबैलाई आग्रह गरेको छ । ‘कानुनको दायराभन्दा माथि गई गरिने यसप्रकारका घटनाको छानबीन गरी दोषीउपर कानुनी कारबाही गर्नसमेत आयोग स्थानीय प्रशासनलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘हालको जनस्वास्थ्य सफ्टको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने पेसाकर्मीको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका कार्यको पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न पनि आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।’
चितवनलगायत देशका विभिन्न जिल्लामा कोभिड १९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि छिमेकी तथा टोलवासीबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटना भइरहेको छ ।
आयोगले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञाको अवस्थामा अनुगमन गरिरहेको जनाएको छ । सो क्रममा उपचारमा अहोरात्र खटिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरू बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेरा हाली धम्की तथा दुर्व्यवहार गरेको पाइएको आयोगले जनाएको छ ।
जनस्वास्थ्य सफ्टको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवाप्रदायकलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरूमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद पक्ष भएको आयोगले बताएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया