Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधक्लोथ बैंकद्वारा थप १० सिलिन्डर हस्तान्तरण

क्लोथ बैंकद्वारा थप १० सिलिन्डर हस्तान्तरण


बटुकनाथ झा
जनकपुरधाम, भदौ १०
क्लोथ बैंक धनुषाले थप १० वटा अक्सिजन सिलिन्डर जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गरेको छ । काठमाण्डौंकोे किर्तीपुर–१ स्थित स्टेप टु इलिमिनेट पोभर्टी नामक संस्थाले सानो साइजको सो १० थान अक्सिजन सिलिन्डर बैंकको अभियानलाई सहयोग गरेको हो ।

लुगा आवश्यकता भएका गरिब विपन्नहरुका लागि लुगाको व्यवस्था गर्दै आएको बैंकले कोभिड १९ महामारीका बेला अस्पतालमा बेडको अभावमा होम आइसोलेसनमा रहेकाहरुलाई निःशुल्क चिकित्सकीय परामर्श र आवश्यक रहेकालाई निःशुल्क अक्सिजन सिलिन्डरको समेत व्यवस्था गरिरहेको छ । सोही कार्यक्रमअनुरुप बैंकले धनुषामा मंगलबार थप १० गरी कुल २२ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकेको छ । चिकित्सकको निगरानी र परामर्शमा रहेका संक्रमितलाई चिकित्सककै सिफारिसमा जिल्ला प्रशासन कार्यालय धनुषाले सो अक्सिजन सिलिन्डर उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यसअघि बैंकले पहिलो चरणमा १२ अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको थियो । बैंकका अध्यक्ष राजिव झाका अनुसार अहिलेसम्म दाताहरुवाट कुल ६० वटा सिलिन्डरको प्रतिबद्धता आइसकेकोमा २२ वटा प्राप्त भइसकेको छ । धनुषाबाट सुरु भएको अभियानमा प्रदेश २ का आठवटै जिल्लाका संक्रमितहरु लाभान्वित भएका छन् ।

अभियानको सूचनाहरु हेरेपछि अहिलेसम्म पर्साका १८, सर्लाहीका चार, महोत्तरीका दुई, सिरहाका दुई र सप्तरीका दुई जना संक्रमित चिकित्सकहरुको सम्पर्कमा रही परामर्श लिइरहेका छन् । त्यसैगरी धनुषाका कुल ३० जना संक्रमितहरु परामर्श लिइरहेको बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x