Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसमुदायस्तरमा कोरोनाको उच्च जोखिम

समुदायस्तरमा कोरोनाको उच्च जोखिम


सुबास बस्नेत
दोलखा, भदौ १०
जिल्लामा पछिल्लो समय समुदायस्तरमा कोरोना भाइरसको उच्च जोखिम देखिएको छ । दोलखामा एक महिनाको अवधिमा दुई दर्जन मानिसमा कोरोना संक्रमण देखिएको छ । मंगलबार जिल्लाको बिगु गाउँपालिकामा थप दुई जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार बिगु गाउँपालिकाबाट कोरोना परीक्षणका लागि पठाएको २४ जनाको स्वाबमध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमित गौरीशंकर गाउँपालिकाभित्रका स्थानीय बोलेरो चालक र सप्तरी जिल्ला ठेगाना भएका स्थानीय विद्यालयमा कार्यरत शिक्षक रहेका छन् ।

योसँगै जिल्ला कोरोना संक्रमितको संख्या २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए । त्यस्तै जिल्लामा कोरोना निको हुनेको संख्या पाँच पुगेको छ । दुई नगरपालिकासहित नौ स्थानीय तह रहेको दोलखा जिल्लामा हालसम्म चारवटा स्थानीयतहमा कोरोना संक्रमण भेटिएको छ ।

जिल्लाको भीमेश्वर नगरपालिका, गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकामा कोरोना संक्रमण देखिएको हो । सबैभन्दा बढी जिल्लाको गौरीशंकर गाउँपालिकाभित्रका मानिसमा कोरोना संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । गौरीशंकर गाउँपालिकामा मंगलबारसम्म १४ जना मानिसलाई कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्यांकअनुसार जिल्लामा हालसम्म एक हजार ४६ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये २४ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x