नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा भुसाल
काठमाडौं, भदौ १०
नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष पदमा यमलाल भुुसाल नियुक्त भएका छन् । कम्पनीका अनुसार अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको यही भदौ तीन गते प्राप्त भएको पत्रको आधारमा भुषाललाई अर्को निर्णय नभएसम्मको लागि अध्यक्ष पदमा नियुक्त गरिएको हो ।
कम्पनीका अनुसार भुुसाल मन्त्रीस्तरीय निर्णयका आधारमा अध्यक्ष नियुक्त भएका हुुन् । अधिकृत पुँजी १५ अर्ब, जारी पुँजी १० अर्ब र चुक्ता पुँजी पनि १० अर्ब रुपैयाँ नै रहेको कम्पनीमा सरकारको ४४ दशमलव ३९ प्रतिशत सेयर स्वामित्व रहेको छ । संस्थापक सेयरधनीका रूपमा निर्जिवन बीमा, जीवन बीमा कम्पनीहरूको ३९ दशमलव ९६ प्रतिशत सेयर स्वामित्व रहेको भने सर्वसाधारण सेयरधनी समूहको १६ प्रतिशत लगानी रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया