लखनऊमा ‘भर्चुअल’ सुनुवाइको विरोधमा वकिल
भारत, भदौ १०
इलाहाबाद उच्च अदालतको लखनऊ पीठको अवध बार एसोसिएशनले अदालतमा ‘भर्चुअल’ सुनुवाईको विरोध गर्दै मङ्गलबार हडतालको आह्वान गरेको छ । अदालतको ‘भर्चुअल’ सुनुवाइको विरोधमा उत्रिएका वकीलले अदालतमा भौतिकरूपमा उपस्थित भएर नै कुनै पनि मुद्दामाथि सुनुवाइ गर्नुपर्ने माग गर्दै ‘भर्चुअल’ सुनुवाइसम्बन्धी व्यवस्था हटाउन माग गरेका हुन् ।
महामारीका कारण अदालतमा उपस्थित भई बहस गर्न कठिन परेको भन्दै अदालतले ‘भर्चुअल’ सुनुवाइको व्यवस्था गरेको थियो । विरोधमा सहभागी वकीलहरूले भने, ‘सुनुवाइका लागि इन्टरनेटबाट अनलाइन गरिने बहसमा भिडियोको स्तर कमजोर हुने र संयोजनमा आउने समस्याका कारण ‘भिडियो कन्फरेन्सिङले’ उचित सुनुवाइ हुन नसक्ने हुँदा आगामी दिनमा मुद्दाहरूको सुनुवाइ सर्ने प्रबल सम्भावना छ ।’ विरोधमा सहभागी कानुन व्यवसायीहरूले कोभिड–१९ का लागि सरकारले निर्देशन गरेको सामाजिक दूरी कायम गर्ने कानुनलाई ‘भर्चुअल’ सुनुवाइका क्रममा पालना पनि नभएको उल्लेख छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया