भारतमा एक पत्रकारको हत्या
नयाँ दिल्ली, भदौ १०
भारतको उत्तर प्रदेशको बालिया जिल्लामा सोमबार एकजना पत्रकारको हत्या भएको छ । बालिया जिल्लाको फेपना गाउँका ती पत्रकारको सोमबार उनको आफ्नै निवासमा हत्या भएको बताइएको थियो । पत्रकार रतन सिंहको उनको निवासमै सोमबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले उनको हत्याको बारेमा अनुसनधान सुरु भएको पनि जानकारी दिएको छ ।
प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट ती पत्रकार र सोही गाउँका केही व्यक्तिबीचको पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने अनुमान गरिएको बताएको छ ।हत्या गरिएका पत्रकारका पिताले भने सोही गाउँका प्रमुख झबर सिंहले आफ्नो छोराको हत्या गरेको बताएका छन् । उनले तिनै गाउँले प्रमुखले नै यसअघि आफ्नो जेठो छोराको पनि हत्या गरेका बताएका छन् । बालिया जिल्लाका प्रहरी प्रमुख देवेन्द्रनाथले हत्यामा संलग्न जो सुकैलाई पनि कानुनी कारबाही गरिने बताए । (रासस/एएनआई)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
- उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपको आग्रह
- जी–२० नेताहरूद्वारा प्रमुख चुनौती र सङ्कटलाई तत्काल सम्बोधन गर्न आह्वान
- युक्रेनले पहिलो पटक रसियामा अमेरिकी मिसाइल प्रहार गर्यो
- एनसेल बन्यो नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ प्रायोजक
- शाओमीको नयाँ पावर ब्याङ्क सार्वजनिक
- अर्गानिक र नेपाली मौलिक परिकार पाइने पलाँसेको दाउरा चुलो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया