अझै कोरोना बढ्ने सरकारी दाबी साढे ३५ हजार संक्रमित
काठमाडौं,भदौ १२
नेपालमा अझै केही समय कोरोना संक्रमण बढ्ने सरकारी दाबी बाहिर आएको छ । भदौ लागेपछि दैनिक कोरोनाको संक्रमण बढ्ने क्रममा बिहीबार देशभर एक हजार एक सय ११ जनालाई कोरोना पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र तीन सय ७७ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये पनि काठमाडौं जिल्लाका मात्रै थप दुई सय ७० जनामा बिहीबार कोरोना पुष्टि भएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ ।
संक्रमणदर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढिरहेको मन्त्रालयको दाबी छ ।
संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न मन्त्रालयले आग्रह गरेको छ । उपचार गर्ने अस्पतालको अभावमा सरकारले उक्त आग्रह गरेको हो । संक्रमण वृद्धि भएसँगै थप चुनौतीको सामान गर्नुपर्ने अवस्था सिर्जना भएको छ । मन्त्रालयले कोरोना संक्रमण अझै बढ्ने भन्दै सबैलाई आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरेको छ ।
कोरोनाको कारण बिहीबार मात्र देशभर नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र चार जना पुरुष रहेका छन् । नेपालमा बिहीबारसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या एक सय ८९ जना पुगेको छ । नेपालका कोरोना संक्रमितको संख्या ३५ हजार पाँच सय २९ जना पुगेको छ ।
नेपालमा पछिल्लो समयमा घना बस्ती भएको सहरी र ग्रामीण भेगमा कोरोना संक्रमितको संख्या बढेको छ । त्यसैले घना बस्ती भएको क्षेत्र बढी जोखिमपूर्ण बन्दै गएको छ । सरकारले जोखिम घटाउन निषेधाज्ञा लगाए पनि त्यसको पूर्ण पालना हुनसकेको छैन । यसैबीच, सरकारले कोरोना भाइरस (कोभिड–१९)को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका १२औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड–१९ को फोकल पर्सनका रूपमा तोकेका हुन् । यसअघि श्रेष्ठले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सानिमा बैंकको २०औँ साधारणसभा
- महालक्ष्मी विकास बैंकको हरित घर कर्जा
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकलाई ‘स्काइवाक टावर’मा छुट
- लक्ष्मी लघुवित्तको नाफा एक करोड ७० लाख
- उपनिर्वाचनमा सेनाको परिचालनका लागि मन्त्रिपरिषद्मा सिफारिस
- एउटै व्यक्तिले फलाए चार सय मुरी धान
- विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउँदै
- आज विश्वभर बाल दिवस मनाइँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया