Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा पीसीआर परीक्षणका लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीसँग सहकार्य

एभरेष्ट बैंकद्वारा पीसीआर परीक्षणका लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्रीसँग सहकार्य


काठमाडौं, भदौ १२
एभरेष्ट बैंक लिमिटेडले आफ्नो ग्राहकहरूको सुरक्षालाई ध्यानमा राखी आरटी–पीसीआर परीक्षणको लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सी.डी.एल), कमलपोखरीसँग सहकार्य गरेको छ ।

हाल कोभिड–१९ को कठिन समयमा ग्राहकहरूको सहजताको लागि एभरेष्ट बैंकले आरटी–पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जसअन्तर्गत एभरेष्ट बैंकको डेबिट र क्रेडिट कार्डहोल्डर ग्राहकहरूले सीडीएलबाट आरटी–पीसीआर परीक्षण गर्दा सरकारी दरअनुसार लाग्ने पाँच हजार पाँच सय रुपैयाँमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

नगद करोबारमा पनि कोभिड १९ को जोखिम भएको हुँदा, ग्राहकहरूले ईबीएल मोबाइल बैकिङ एप प्रयोग गरेर पनि कोभिड १९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् । बैंक र सीडीएलबीचको सहकार्य, बैंकका नायब महाप्रबन्धक, डा. सन्धीरकुमार र सीडीएल प्रयोगशालाका कार्यकारी निर्देशक, मनिष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x