Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायनेटको नयाँ जडान ४८ घण्टामा

भायनेटको नयाँ जडान ४८ घण्टामा


काठमाडौं, भदौ १२
भायनेटले ग्राहकले अनुरोध गरे ४८ घण्टाभित्रै इन्टरनेट जडान गरिदिने भएको छ । कम्पनीका अनुसार अब नयाँ ग्राहकहरुले आफ्नो घर वा अफिसमा भायनेट जडान गर्न चाहे ४८ घण्टाभित्रै उनीहरुको घरमा भायनेटको इन्टरनेट चल्न थाल्नेछ । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधैँ अगाडि रहेको कम्पनीले दाबी समेत गरेको छ ।

यसै क्रममा ग्राहकले अनुरोध गरेको ४८ घण्टाभित्र इन्टरनेट जडान गर्ने सुविधा थप गरेर भायनेटले सेवा प्रदान गर्ने प्रक्रियामा उल्लेखनीय कदम चालेको दाबी गरेको छ । देशको विभिन्न भागमा लकडाउन भइरहेको यो महामारीको बेलामा पनि भायानेट आफ्नो ग्राहकलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यो नयाँ सेवाको साथ भायानेटले आफ्ना ग्राहकहरुको लागि घरबाटै काम गर्न वा पढ्नको लागि छिटो, छरितो र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x