Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपरिष्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेन्डर बजारमा

परिष्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेन्डर बजारमा


काठमाडौं, भदौ १२
मोटरसाइकल तथा स्कुटरको निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आफ्नो प्रतिबद्धता दोहो¥याउँदै अत्यधिक लोकप्रिय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ । कम्पनीका अनुसार सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस)सहित थप सुरक्षित भएको छ । आईबीएस एक परिष्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ । यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउँछ ।

सुपर स्प्लेन्डर अब (आईबीएस)सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूममा एक लाख ९८ हजार (सेल्फ ड्रम एलोय ह्विल) उपलब्ध हुनेछ । सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्र्पको अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र (आरएन्डडी केन्द्र) इनोभेसन एन्ड टेक्नोलोजी केन्द्रमा डिजाइन र विकसित गरिएको हो । यो बजार प्रवेशसँगै साथ हिरो मोटोकर्र्र्पले आफ्ना ग्राहकहरूलाई प्रिमियम, उच्च–गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

कम्पनीका अनुसार सुपर स्प्लेन्डर विश्वास, विश्वसनीयता र इन्धन दक्षताका अलावा आफ्नो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिह्नित भएर सबै ब्रान्डमा भिन्न बनेको छ । यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर–स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी इन्जिनको साथ आउँछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू (९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ ।

यसैगरी सुपर स्प्लेन्डर ९० किमिप्रति घण्टाको अधिकतम गतिसम्म पुग्ने कम्पनीले जनाएको छ । यो पनि उपयोगिता र सुविधाहरूको शृंखलासँग प्याक गरिएको छ । यसमा साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय ह्विल्स, आरामदायी सीट प्रोफाइल, ठूलो क्षमताको इन्धन ट्यांकी (१३ लिटर) र अगाडि ट्यांकीमुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्स रहेका छन् । सुपर स्प्लेन्डर आधुनिक ग्राफिक्सको साथ पाँच प्रिमियम मेटालिक रंगहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । ब्लयाक विथ गे, क्यान्डी ब्लेजिङ रेड, ब्लयाक विथ रेड स्ट्राइप्स, ब्लयाक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे रंगमा उपलब्ध छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x