Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारहाइड्रोपावरमा नेपाली व्यवसायीले थप सवा खर्ब लगानी गर्दै

हाइड्रोपावरमा नेपाली व्यवसायीले थप सवा खर्ब लगानी गर्दै


काठमाडौं, भदौ १४
नेपाली व्यवसायीहरु मुलुकको ऊर्जा क्षेत्रमा थप लगानी गर्न आर्कषित भएका छन् । व्यवसायीहरुले गत आर्थिक वर्ष (२०७६/०७७) मा केही सोलारसहित ४४ वटा हाइड्रोपावरमा सवा खर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् । उद्योग विभागका अनुसार नेपाली व्यवसायीहरुले केही सौर्य ऊर्जासहित ४४ वटा हाइड्रोपावर स्थापना गर्ने भन्दै एक खर्ब २० करोड रुपैयाँ लगानी प्रतिबद्धता विभागसमक्ष गरिसकेका छन् ।

व्यवसायीहरुले सबैभन्दा धेरै सिन्धुपाल्चोकमा सातवटा, दोलखा, गोर्खा, कास्की, लमजुङ, संखुवासभामा क्रमशः तीन/तीनवटा र धादिङ, खोटाङ, नवलपरासी, रुकुम, रसुवा, कपिलवस्तुलगायतका जिल्लामा एक/दुई वटा हाइड्रोपावर स्थापना गर्ने बताएका छन् भने दुई हजार ६० जनालाई रोजगारी दिने समेत बताएका छन् ।

व्यवसायीहरुले जुरिम्वा हाइड्रो स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएका छन् । व्यवसायीहरुले सिन्धुपाल्चोकमा स्थापना गरिने सो हाइड्रोपावरमा एक अर्ब ७२ करोड ३९ लाख लगानीमा ७.६३ मेगावाट क्षमताको हाइड्रो स्थापना गर्ने बताएका छन् । व्यवसायी गोपाल कुमार तण्डुकारले ६६ करोड ३९ लाख ५० हजार लगानी गर्ने भन्दै अम्बे हाइड्रो नामक ऊर्जा कम्पनी विभागमा दर्ता गराएका छन् । तीन दशमलव ७५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो हाइड्रोबाट उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाएको छ ।

व्यवसायी हिमाल गुरुङले ९७ करोड लगानी गर्ने भन्दै विभागमा हिम पर्वत हाइड्रो प्रालि शाखा उद्योग १ दर्ता गराएका छन् । ५ दशमलव ५ मेगावाट क्षमताको सो हाइड्रोबाट उत्पादित विद्युत् ५० केभीए प्रसारणलाइनमार्फत वितरण गरिने जनाइएको छ । व्यवसायी गुरुङले हाइड्रो स्थापनासँगै ५४ जनालाई रोजगारी दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । व्यवसायीहरुले विद्युत् उत्पादन गर्ने भन्दै फर्स्ट फर्स्ट सोलार डेभलपर्स प्रालि विभागमा दर्ता गराएका छन् । ४५ करोड ७२ लाख रुपैयाँ लगानी गर्ने भनिएको सो सौर्य ऊर्जाको क्षमता नौ मेगावाट रहेको छ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने समेत जनाइएको छ ।

रवि इन्भेष्टमेन्ट प्रालि र मनिप्लान्ट इन्भेष्टमेन्ट प्रालिले क्रमशः साझा पावर डेभलपमेन्ट र मादमे खोला हाइड्रोपावर प्रालि नामक ऊर्जा विभागमा दर्ता गराएका छन् । रविले तीन अर्ब ५१ करोड ८७ लाख तथा मनिप्लान्टले तीन अर्ब ६१ करोड ३४ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका ती उद्योगबाट क्रमशः २० मेगावाट र २४ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य व्यवसायीहरुले लिएका छन् । उत्पादित बिजुली क्रमशः १०० केभीए र ३०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी इन्दिरा पन्तले दोलखा बिगु ८ मा कालिञ्चोक हाइड्रो स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएकी छिन् । ८५ करोड ८० लाख रुपैयाँ लगानी रहने सो हाइड्रोको क्षमता पाँच मेगावाट रहेको भने हाइड्रोबाट उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी डिल्लीराम अर्यालले आरती पावर कम्पनी स्थापना गर्ने भन्दै विभागमा दर्ता गराएका छन् । दुई अर्ब ६० करोड २२ लाख लगानी रहने सो हाइड्रोको क्षमता १४ दशमलव ५ मेगावाट रहेको छ भने हाइड्रोबाट उत्पादित बिजुली २०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । व्यवसायीहरुले विभागमा चिसाड्रग हाइड्रो प्रालि दर्ता गराएका छन् । ३० करोड ४५ लाख पाँच हजार लगानी रहने सो हाइड्रोको क्षमता १ दशमलव ८ मेगावाट रहेको छ भने हाइड्रोबाट उत्पादित बिजुली ३० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी विद्यालक्ष्मी लामिछानेले हाइड्रो कनेक्सन प्रालि विभागमा दर्ता गराएकी छिन् । तीन अर्ब १२ करोड ४५ लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रोका क्षमता १८ मेगावाट रहेको छ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । ६८ जनालाई रोजगारी दिने प्रतिबद्धता समेत व्यवसायी लामिछानेले गरेकी छिन् । व्यवसायीहरुले माउण्ट रसुवा हाइडो प्रालि विभागमा दर्ता गराएका छन् । तीन अर्ब १६ करोड ३० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रो क्षमता १६ मेगावाटको रहने जनाइएको छ भने उत्पादित विद्युत् १०० केभीए प्रसारणलाइनमार्फत वितरण गरिनेछ ।

व्यवसायीहरुले बारपाक दरौंदी हाइडो प्रालि विभागमा दर्ता गराएका छन् । एक अर्ब ६९ करोड ८० लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रो क्षमता १० मेगावाटको रहेको छ भने २०० केभीए प्रसारणलाइनमार्फत बिजुली वितरण गर्ने जनाइएको छ । व्यवसायी भानुभक्त पोखरेलले सान्भी इनर्जी प्रालि शाखा उद्योग १ उद्योग दर्ता गराएका छन् । एक अर्ब ९० लाख लगानी रहने सो हाइड्रोको क्षमता ५ दशमलव २ मेगावाट रहेको छ भने उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

व्यवसायी गोपाल प्रसाद निउरेले संयुक्त ऊर्जा प्रालि नामक कम्पनी विभागमा दर्ता गराएका छन् । तीन अर्ब ५३ करोड ७० लाख लगानी प्रतिबद्धता जनाइएको सो हाइड्रोको क्षमता २१ दशमलव ३० मेगावाट रहेको छ भने उत्पादित बिजुली ५० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ । व्यवसायी निउरेले उद्योग स्थापनासँगै २१ जनालाई रोजगारी दिने बताएका छन् । व्यवसायी जगत बहादुर पोखरेलले भिजन लुम्बिनी ऊर्जा कम्पनी विभागमा दर्ता गराएका छन् । चार अर्ब ६९ करोड ४९ लाख लगानी रहने सो हाइड्रोको क्षमता २५ मेगावाटको हुनेछ भने उत्पादित बिजुली १०० केभीए प्रसारणलाइनमार्फत वितरण गर्ने जनाइएको छ ।

यस्तै व्यवसायीहरुले कास्की जिल्लामा भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले हाइड्रो स्थापना गर्ने जनाएका छन् । चार अर्ब ६९ करोड ४९ लाख रुपैयाँमा स्थापना गरिने सो हाइड्रोको क्षमता २५ मेगावाट हुनेछ भने ताप्लेजुङमा काङ हाइड्रोपावर कम्पनी प्रालि स्थापना गर्ने भन्दै व्यवसायीले तीन अर्ब ३२ करोड ५७ लाख लगानी गर्ने बताएका छन् । सो हाइड्रोको क्षमता १७ दशमलव ८५ मेगावाट हुनेछ ।

मिलारोपा इनर्जी प्रालिले सिन्धुपाल्चोक चार अर्ब चार करोड रुपैयाँ लगानीमा हाइड्रो स्थापना गर्ने जनाएको छ भने हाइड्रो क्षमता २३ दशमलव ६ मेगावाट हुनेछ भने माबिलुङ इनर्जी प्रालिले संखुवासभामा ८७ करोड ६० लाख लगानीमा हाइड्रो स्थापना गर्ने जनाएको छ भने हाइड्रोको क्षमता ४ दशमलव ९५ मेगावाट हुनेछ भने अपर वलेफी हाइड्रोपावर लिमिटेडले सिन्धुपाल्चोकमा पाँच अर्ब ८० करोड लगानीमा ४६ मेगावाट क्षमताको हाइड्रो स्थापना गर्ने जनाएको छ । यस्तै हाइड्रो कन्सर्न प्रालिले रसुवामा एक अर्ब ७४ करोड १४ लाखमा ९ मेगावाट क्षमताको हाइड्रो तथा गोर्खामा १ र लमजुङ ४ र ५ मा चम्पावती हाइड्रो स्थापना गर्ने भएका छन् । उनीहरुले एक अर्ब ३३ करोड लगानीमा ७ मेगावाट क्षमताको हाइड्रो निर्माण गर्ने भएका छन् ।

व्यवसायीले संखुवासभास्थित चैनपुर नगरपालिकमा ९० करोड ८० लाख लगानी मिल्के जलजले हाइड्रो स्थापना गर्ने जनाएका छन् भने हाइड्रोको क्षमता ४ दशमलव ९९ मेगावाट हुनेछ भने धादिङको रुवि गाँउपालिकामा रुवि भ्याली हाइड्रो स्थापना गर्ने भएका छन् । एक अर्ब ३६ करोड लगानीमा ७ मेगावाट क्षमता हुनेछ । यस्तै व्यवसायीहरुले पाँच अर्ब ८० करोड लगानीमा सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा शैलुङ पावर हाइड्रो स्थापना गर्न लागेका छन् भने सो हाइड्रोको क्षमता ४० मेगावाट हुनेछ भने उनीहरुले रुकुम स्थिति आठबिसकोटमा चार अर्ब ९९ करोड ८० लाख लगानीमा २१ मेगावाट क्षमताको सांग्रिला हाइड्रो स्थापना गर्ने भएका छन् ।

व्यवसायीहरुले दोलखाको बिगु गाँउपालिकामा ५० करोड ५५ लाख सात हजार लगानीमा ३ मेगावाट क्षमताको बिगु हाइड्रो स्थापना गर्ने भएका छन् भने संखुवासभाको मकालु गाँउपालिकामा तीन अर्ब ८३ करोड ३९ लाखमा ३७ दशमलव ७ मेगावाट क्षमताका इसुवा इनर्जी हाइड्रो स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

त्यसैगरी व्यवसायीहरुले मोरङ, हात्तिमुढा ४ मा ५० करोड लगानीमा ६.७ मेगावाट क्षमताको सौर्य ऊर्जा, लमजुङ मस्र्याङ्दी ७ मा ह्वाइट लोटस पावर प्रा.लिले एक अर्ब २७ करोड ९९ लाख लगानीमा ६.८२ मेगावाट, सोलुखुम्बु, सोलुदूधकुण्ड ४, ५, ६, ९ मा मिड सोलु हाइड्रोपावर कम्पनी प्रा.लिले एक अर्ब ९२ करोड ६३ लाख ९.५ मेगावाट, खोटाङ कोपलासगढी ४, ६ मा हलेसी ऊर्जा प्रालिले ४२ करोड चार लाख लगानीमा २.२ मेगावाट, नवलपरासी ११ मा सौर्य विद्युत् प्रालिले १६ करोड २६ लाख लगानीमा २ मेगावाट सौर्य ऊर्जा, खोटाङ ऐँसेलुखर्क १ मा लोवर मिड रावखोला हाइड्रोपावर प्रालिले ८३ करोड ३५ लाख लगानीमा ४ मेगावाट क्षमताको हाइड्रोपावर स्थापना गर्ने बताइएको छ ।

यस्तै व्यवसायीहरुले धनुषा मिथिला ५ मा सगरमाथा इनर्जी एण्ड कन्स्ट्रक्सन प्रालिले २९ करोड ६० लाख लगानीमा ३ मेगावाटको सौय ऊर्जा, नुवाकोट किस्पाङ र लहरपौवामा त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले आठ अर्ब २२ करोड ३७ मेगावाट, सिन्धुपाल्चोक ३ मा सीता हाइड्रोपावर कम्पनी प्रालिले पाँच अर्ब ९८ करोड लगानीमा ३५ मेगावाट, ताप्लेजुङ ५ मा युनियन मेवा हाइड्रो लिमिटेडले चार अर्ब ४७ करोड लगानीमा २३ मेगावाट, सुनसरी दुहवी १० मा ग्लोबल इनर्जी एण्ड कन्सट्रक्सन प्रालिले ७९ करोड लगानीमा ८ मेगावाटको सौर्य ऊर्जा, गोर्खा अजिरकोट २ मा दूधपोखरी चेपे हाइड्रोपावर प्रालिले एक अर्ब ७२ करोड ५४ लाख लगानीमा ८.८ मेगावाटको हाइड्रोपावर स्थापना गर्ने बताएका छन् ।

यसका साथै व्यवसायीहरुले सिन्धुपाल्चोक, लमजुङ, धादिङलगायतका क्षेत्रमा समेत हाइड्रोपावर स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् । जसमध्ये व्यवसायीहरुले सिन्धुपाल्चोक हेलम्बु १ मा मेलम्ची हाइड्रो प्रालिले १९ करोड ७२ लाख लगानीमा ९८० किलोवाट, लमजुुङ, दूधपोखरीमा उज्यालो नेपाल हाइड्रो प्रालिले ७२ करोड ९८ लाख लगानीमा ३.२६ मेगावाट क्षमता, धादिङ ४ मा जलशक्ति हाइड्रो कम्पनी प्रालिले चार अर्ब ५१ करोड ७७ लाख लगानीमा २५ मेगावाट र म्याग्दी रघुगंगा ७ मा मोना हाइड्रोपावरले ९९ करोड ७६ लाख लगानीमा ५.५ मेगावाट क्षमताको हाइड्रोपावर स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।

यस्तै स्वदेशी व्यवसायीको तुलनामा उक्त अवधिमा विदेशी लगानी अर्थात् प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता भने कमी रहेको पाइन्छ । विदेशी लगानीकर्ताहरुले एक वर्षको अवधिमा ३३ अर्ब १५ करोड लगानी गर्ने प्रतिबद्धता गरेका छन् । स्वदेशी व्यवसायीहरुले लगानी प्रतिबद्धता मात्र जनाउने तर लगानी तथा हाइड्रो स्थापना भने न्यून गरेको पाइन्छ । जसले गर्दा अर्थतन्त्रको विकास समेत हुन सकेको छैन भने नागरिकहरुले रोजगारी समेत पाउन सकेका छैनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x