Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङद्वारा ग्यालेक्सी नोट–२० र नोट–२० अल्ट्राको प्रि–बुकिङ समय थप

सामसङद्वारा ग्यालेक्सी नोट–२० र नोट–२० अल्ट्राको प्रि–बुकिङ समय थप


काठमाडौं, भदौ १४
सामसङले आफ्ना नयाँ फ्ल्यागशिप फोनहरु ग्यालेक्सी नोट–२० र ग्यालेक्सी नोट–२० अल्ट्रामा प्रि–बुक विस्तार गर्ने घोषणा गरेको छ । देशका अधिकांश भागहरूमा कोभिड–१९ द्वारा प्रभावित भएका अवस्थाका कारण कम्पनीले प्रि–बुक अवधि भदौ १९ सम्म विस्तार गर्ने निर्णय गरेको हो । ग्यालेक्सी नोट–२० को नेपाली बजारमा एक लाख नौ हजार नौ सय ९९ रुपैयाँ रहेको छ भने ग्यालेक्सी नोट–२० अल्ट्राको बजार मूल्य एक लाख ३९ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

ग्यालेक्सी नोट–२० अल्ट्राको प्रि–बुकिङ्ग गर्ने ग्राहकहरुले अफरस्वरुप ग्यालेक्सी बड प्लस वा ग्यालेक्सी वाच ३ (४५एम एम) २९ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एमएम) २७ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न, वा सामसङ एलईडी टिभी (३२ इन्च) आठ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

त्यसैगरी ग्यालेक्सी नोट–२० को प्रि–बुकिङ्ग गर्ने ग्राहकले पनि अफरस्वरुप ग्यालेक्सी बड प्लस वा ग्यालेक्सी वाच ३ (४५ एमएम) ३१ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एमएम) २९ हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न वा सामसङ एलईडी टिभी (३२ इन्च) नौ हजार नौ सय ९९ मा खरिद गर्न सक्नेछन् । यसका साथै, प्रि–अर्डर गर्दा टर्किस एयरलाइन्सको बिजनेस क्लासको टिकट खरिदमा सात प्रतिशतसम्म छुट तथा इकोनोमिक्स क्लासको टिकट खरिदमा पाँच प्रतिशतसम्म छुट, सहुलियत दरमा वाटर फ्रन्ट रिसोर्टको रुमहरु उपलब्ध, लेट मि इनको सेवामा छुट, सेलपेका प्रयोगकर्ताहरुलाई लोयल्टी प्वाइन्ट पाइनेछ ।

कम्पनीका अनुसार अग्रिम अर्डर गरेका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एन एल जि इस्युरेन्सबाट एक वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ । साथै अर्को स्टोर तथा आईएमएस स्मार्टमार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्न सकिने सुविधा रहेको छ ।

साथै अग्रिम अर्डर गर्ने ग्राहकहरु लक्की ड्रका लागि स्वतः योग्य हुनेछन्, जसमा विजेताहरुले टर्किस एयरलाइन्सको तर्फबाट ईयूका देशहरुमा दुईतर्फी बिजनेस क्लास टिकेट, दोस्रो, तेस्रो तथाा चौथो हुने ग्राहकले ग्यालेक्सी बड प्लस पाँचौँ र छैटौँ हुने ग्राहकहरुले हिमालयन फ्रन्ट होटल वा केजीएच ग्रुपको वाटरफन्ट रिसोर्टमध्ये एकमा दुई रात बसाइ एक जोडीलाई बीएण्डबीको बेसिसमा पाउनेछन् । सातौँ भाग्यशाली विजेताले लेट मि इनको तर्फबाट १० हजार रुपैयाँ बराबरको कुपन पनि पाउनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x