ओप्पोद्वारा अमेरिका मोभिलसँग रणनैतिक साझेदारी
काठमाडौं, भदौ १४
ओप्पो र अमेरिका मोभिल (ल्याटिन अमेरिकाको सर्वाधिक ठूलो दूरसञ्चार अपरेटर)ले रणनैतिक सहकार्य सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ । सम्झौतासँगै अब मेक्सिकन र ल्याटिन अभेरिकी बजारमा ओप्पो स्मार्टफोन्स अमेरिका मोभिलको सो क्षेत्रका लागि सहायक कम्पनी टेलसेल र क्लारोमार्फत उपलब्ध हुनेछन् । ल्याटिन अमेरिका साथै वैश्विक बजार विस्तारका लागि यसले ओप्पोको ठूलो सफलताको प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । ‘अमेरिका मोभिलसँग रणनैतिक साझेदारीमार्फत स्थानीय उपभोक्तालाई अझ सुदृढ सञ्चार अनुभव प्रदान गर्न पाउनु हाम्रा लागि निकै गौरवको विषय हो ।
अमेरिका मोभिलसँगको यस साझेदारीले ओप्पोलाई ल्याटिन अमेरिकाको मेनस्ट्रिम बजार प्रवेशका लागि सहजता प्रदान गरेको छ । वैश्विक बजार विकासमा यसको विशेष महत्व छ’, ओप्पोका उपाध्यक्ष तथा ग्लोबल सेल्सका अध्यक्ष एलेन वुले भने, ‘अमेरिका मोभिल उद्योगकै अग्रणी बहुराष्ट्रिय नेटवर्क अपरेटर हो । अमेरिका मोभिल र ओप्पोबीचको यस सहकार्यले थप नवप्रवर्तनात्मक उत्पादन तथा सेवाहरु ल्याटिन बजारमा भित्रिनुका साथै प्रयोगकर्तालाई उत्कृष्ट अनुभवका साथै भविष्यका थप नजिक आएको अनुभव प्रदान हुने हामीले आशा लिएका छौँ।’ टेलसेल मार्केटिङका उपनिर्देशक मार्कोस लिनेर्सले महत्वपूर्ण ग्लोबल नेटवर्क अपरेटर्ससँग सहकार्य स्थापना तथा विकास, वैश्विक बजारमा ब्राण्ड प्रवर्तनका लागि ओप्पोको प्राथमिकतामा रहेको रणनीति भएको बताए ।
हालसम्म ओप्पोले विश्वभरका ८० भन्दा बढी नेटवर्क अपरेटर्ससँग साझेदारी स्थापित गरिसकेको छ । सन् २०२० देखि ओप्पो र नेटवर्क अपरेटर्सका बीच स्थापित विभिन्न साझेदारीका शृंखलाले यूरोप र जापानजस्ता म्याच्योर्ड बजारमा महत्वपूर्ण उपलब्धिहरु हातपार्न सघाएको छ । साथै आउने १÷२ वर्षमा ओप्पोले युरोप, एसिया प्यासेफिक र ल्याटिन अमेरिकालगायत क्षेत्रमा थप प्रमुख वाहकहरुसँग अझ बढी उपभोक्तासम्म पुग्न पार्टनरशिप स्थापनाको लक्ष्य राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- बढ्यो व्यक्तिगत आवास कर्जा एक वर्षमा तीन खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह
- अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरू सुधार्न अर्थमन्त्रीको निर्देशन
- उद्योगमा काटिएको विद्युत् जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
- राष्ट्रपति पौडेलले गरे विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन
- दक्षिण कोरियाको लागि इ७ भिसा तत्काल लागू नगर्ने
- सिभिल सहकारीका सोह्र सय पीडितले सात अर्ब बचत मागे
- ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा जलवायु परिवर्तनको विषयमा कस्तो प्रभाव पर्ला ?
- बिटकोइनसँग जोडिएका सात रोचक र अपत्यारिला कुरा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया