पछिल्लो दुई वर्षमा नेपाल प्रहरीमा १ हजार १ सय ७७ वटा नयाँ संरचना निर्माण
काठमाडौं, भदौ १५
स्थानीय तहसम्मका प्रहरी एकाइहरूका भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिने नीतिअनुरूप नेपाल प्रहरीले पछिल्लो दुई वर्षमा १ हजार १ सय ७७ वटा नयाँ संरचना निर्माण सम्पन्न गरेको छ । नेपाल प्रहरीको नियमित बजेट, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोष र प्रादेशिक बजेटबाट प्रहरीको कार्यालय भवन, मेस, हिरासत कक्ष, ब्यारेक भवन, भान्सालगायत उक्त संख्यामा नयाँ संरचना निर्माण गरिएको हो ।
प्रहरी एकाइका भौतिक संरचनालाई समयसापेक्ष स्तरोन्नत्ति र नयाँ निर्माण गर्न प्रहरी प्रधान कार्यालयले कार्य योजना बनाई निर्माण कार्यलाई तीव्रता दिएबमोजिम पूर्वाधार बनाउने काम भइरहेको हो । सोबमोजिम पछिल्लो दुई आर्थिक वर्ष (आव २०७५/०७६ र ०७६/०७७) मा ५५ वटा कार्यालय भवन, ६० वटा ब्यारेक, ५० वटा हिरासत कक्ष, ७१ वटा मेस, ७ सय ५५ वटा शौचालय समेत अन्य संरचना गरी उक्त संख्यामा नयाँ संरचना बनिसकेको छ ।
नेपाल प्रहरीअन्तर्गतका हाल देशभर दुई हजार सात सय ५७ एकाइहरू रहेका छन् । एक स्थानीय तहमा कम्तीमा एक प्रहरी एकाइ स्थापना गर्ने नेपाल सरकारको लक्ष्यअनुरूप २०७५ साल यता चौकीदेखि प्रदेश प्रहरी कार्यालयसम्म कुल दुई सय ५१ नयाँ एकाइ र सोअनुरूप दरबन्दी समेत निकासा भइसकेको छ । चालू आवमा नेपाल प्रहरीको नियमित बजेटबाट ३९ नयाँ कार्यालय भवन, ९२ ब्यारेक, ४५ वटा भान्सा, २० वटा हिरासत कक्ष र आठ सय ८० वटा शौचालयसमेत र अन्य संरचना गरी १ हजार १ सय ४ वटा संरचना निर्माणाधिन रहेका छन् ।
यस्तै पुनर्निर्माण कोषबाट ४८ र प्रादेशिक बजेटबाट आठ सय १० नयाँ पूर्वाधार निर्माणाधिन अवस्थामा छन् भने प्रादेशिक बजेटबाट चालू आवमा ३० वटा संरचना निर्माण सम्पन्न भइसकेका छन् । आव २०७४/०७५ मा समेत कार्यालय, ब्यारेक भवन, मेस, शौचालयलगायत अन्य भवन गरी ९४ वटा नेपाल प्रहरीको नियमित बजेटबाट र पुनर्निर्माण कोषको बजेटबाट तीन सय ४६ वटा नयाँ संरचना निर्माण भएको थियो ।
नेपाल प्रहरीले भवन निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्दै भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक इ. लोकेश सिंहले भने, ‘अहिले ६९ जिल्लामा नयाँ निर्माण भइसकेको छ । जे–जिति बनेका छन् वा बनिरेहका छन् ती सबै भवनहरू आधुनिक, अपाङ्ग एवं लैंगिकमैत्री तवरले बनाइएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- शान्ति सम्झौताको १८ वर्षः न्यायको प्रतीक्षामा पीडित
- देशका अधिकांश भागमा आज मौसम सफा रहने
- अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढ्यो
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया