Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचार लाख मूल्यबराबरको अवैध केराउ र छोकडा बरामद

चार लाख मूल्यबराबरको अवैध केराउ र छोकडा बरामद


काठमाडौं, भदौ १५
नवलपरासी (पश्चिम) प्रहरीले चार लाख आठ हजार मूल्यबराबरको अवैध केराउ र छोकडा जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको छ । इलाका प्रहरी सेमरीबाट खटिएको प्रहरी टोलीले आइतबार प्रतापपुर गाउँपालिका वडा नं. ३ बाहुन्नगढीस्थित बाहुन्नगढी मन्दिरको कम्पाउण्डभित्र रहेको निर्माणाधिन धर्मशालामा लुकाई राखेको अवस्थामा ८० बोरामा ४० क्वीन्टल हरियो केराउ फेला पारी बरामद गरेको हो ।

उक्त केराउको प्रतिकेजी ८० रूपैयाँका दरले ४० क्वीन्टलको तीन लाख २० हजारबराबर मूल्य रहेको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले आइतबार नै नेपालबाट भारततर्फ अवैधरूपमा लैजाँदै गरेको ६२ हजार मूल्यबराबरको २५ बोरामा सात सय ७५ केजी हरियो केराउ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय अमानिगञ्जबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नं. २ गोपालपुरबाट उक्त केराउ बरामद गरेको हो । उक्त केराउ मोटरसाइलमा राखी लैजाँदै गर्दा प्रहरी टोलीलाई देखेपछि मोटरसाइकलमा सवार मान्छेहरू बोरा फाली भागेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी आइतबार नै सीमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. ७ बुलन्दपुरबाट नेपालबाट भारततर्फ अवैधरूपमा लैजाँदै गरेको १६ हजार मूल्यबराबरको ४ बोरामा दुई सय केजी हरियो केराउ र १० हजार मूल्यबराबरको २ बोरामा एक सय केजी छोकडा बरामद गरेको छ ।

प्रहरीले आइतबार चार हजार नौ सय ७५ केजी हरियो केराउ र एक सय केजी छोकडा बरामद गरी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको जानकारी दिएको छ । साथै प्रहरी उपरीक्षक अजय केसी जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)मा कार्यालय प्रमुखको रूपमा हाजिर भएपश्चात् हालसम्म (साढे तीन महिनाको अवधिमा) एक करोड ६४ लाख ७४ हजार आठ सय १९ मूल्यबराबरको भन्सार छली विभिन्न अवैध मालसामान बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x