Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘लकडाउनले उद्योग व्यवसाय धराशायी’

‘लकडाउनले उद्योग व्यवसाय धराशायी’


जनकपुरधाम, भदौ १५
धनुषा चेम्बर अफ कमर्सले सरकारले लकडाउनको नाममा उद्योग व्यवसाय धराशायी बनाएको आरोप लगाएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न सीमावर्ती क्षेत्र पूर्ण रुपमा सिल गर्नुपर्ने, कोरोना परीक्षणलाई तीव्रता दिनुपर्ने, आइसोलेसन, क्वारेन्टाइन एवं कोभिड अस्पतालको उचित व्यवस्थापन गर्नुपर्ने ठाउँमा लकडाउन मात्रै कोरोना नियन्त्रणको अन्तिम उपायजसरी सरकारले अर्थतन्त्र ध्वस्त बनाएको धनुषा चेम्बरले बताएको हो ।

धनुषा चेम्बरले व्यापारीहरुको हकहितका लागि भन्दै विभिन्न सात बुँदे मागसहित तीनै तहको सरकारलाई ज्ञापनपत्र समेत बुझाएको छ । धनुषा चेम्बरले धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत संघीय सरकार, प्रदेश सरकार एवं स्थानीय तहहरुलाई ज्ञापनपत्र बुझाइएको कर्मसका वरिष्ठ उपाध्यक्ष सरोज कुमार मिश्रले बताए ।

धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले व्यापारीहरू सरकारी ट्याक्स, बैंक ब्याज, पसल भाडा, आर्थिक खर्चको मार खेपिरहेको समयमा लकडाउन र निषेधाज्ञाले झन् मारमा परेको बताए । दुई चरण गरी एक सय २० दिनको लामो लकडाउनको मार, बैंकको ब्याज, सरकारी कर, पसल भाडा र दैनिक घर चलाउने भार थेग्न नसक्ने उद्योगी व्यापारीहरु सरकारलाई आफ्नो व्यथा सुनाउन र त्यसको निराकरणका लागि कमर्सको अगुवाइमा तीनवटै तहको सरकारलाई ज्ञापनपत्र बुझाइएको उनले बताए ।

धनुषा चेम्बरले सार्वजनिक पदधारण गरेका सरकारका मुखियादेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरूले आफ्नो तलबभत्ता र सेवा सुविधा संकटको समयमा जनताको पीडा, मर्का निवारण गर्नतर्फ लगाउनुपर्ने, व्यापारीहरुको समस्यालाई मध्यनजर गर्दै पसल भाडा, बैंकको ब्याज एवं सरकारी करमा राहत दिनुपर्ने, आम्दानी बन्द भएर आर्थिक मारमा परेका व्यवसायीहरुलाई लकडाउन अवधि भरका लागि खाद्यान्न सामग्री उपलब्ध गराउनुपर्ने, आइसोलेसन, क्वारेन्टाइन एवं कोभिड अस्पतालको यथाशीघ्र उचित व्यवस्थापन हुनुपर्ने र सीमावर्ती क्षेत्र पूर्ण रुपमा सिल गर्नुपर्नेलगायतका मागहरु राखेको छ । ज्ञापनपत्रमा तीनै तहको सरकारले लकडाउनको नाममा व्यापारीहरुलाई धराशायी बनाउने काम गरिरहेको भन्दै कमर्सले यी समस्याहरुको समाधान तत्कालै निकाल्न आग्रह समेत गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x