विदेशी पर्यटकलाई मलेसियामा थप समय प्रतिबन्ध
क्वालालम्पुर, भदौ १५
मलेसियाका विदेशी पर्यटकलाई प्रवेशका लागि लगाइएको प्रतिवन्ध थप लम्ब्याइएको छ । कोरोनाभाइरसको महामारी फैलिएको देशबाट आएका पर्यटकहरुलाई प्रतिबन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।एपीका अनुसार विदेशी पर्यटकलाई लगाइएको प्रतिबन्धको अवधि यही वर्ष सन् २०२० को अन्त्यसम्म पु-याइएको पनि उनीहरुले बताएका छन् ।
मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक टेलिभिजनमा सम्बोधन गर्दै विश्वभर नै कोरोना संक्रमितहरुको संख्या वृद्धि भइरहेकाले अन्तर्देशीय आवतजावतलाई निषेध गरिएको स्पष्ट पारे । उनले आफ्नै देशमा पनि संक्रमितहरुको संख्या दिनप्रतिदिन बढिरहेकोले अन्तरिक सतर्कता पनि उत्तिकै बढाउनुपर्ने आवश्यकतामा जोड दिए । बेलामा सचेत नभएर लापरबाही गरिएमा अनियन्त्रित अवस्था सृजना हुनसक्ने चेतावनी पनि प्रधानमन्त्री यासिनले दिएका छन् ।
मलेसियामा अहिलेसम्म कोरोनाभाइरसबाट नौ हजारभन्दा बढी संक्रमित भएका छन् भने अरु एक सय २५ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । थप प्रतिबन्धका दैनिक क्रियाकलापमा अवरोध खडा नगर्ने प्रायः व्यवसाय र विद्यालयहरू पुनः सुरु भइसकेका मुहिद्धिनले बताएका छन् ।
नाइटक्लबहरू र मनोरन्जन केन्द्रहरू बन्द रहनुको साथै अन्तर्राष्ट्रिय खेल कार्यक्रमहरू प्रतिबन्धित भएको उनले बताएका छन् । मलेसियामा सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, सेनिटाइजर वा साबुनको प्रयोगमा ध्यान दिनेलगायतका आधारभूत स्वास्थ्य मापदण्डहरु भने पालना गरिरहनु पर्नेमा सवैले आह्वान गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया