टिकटक किन्ने दौडमा वालमार्ट पनि थपियो
अमेरिका, भदौ १५
अमेरिकी खुद्रा बिक्रेता चेन सुपरमार्केट वालमार्ट पनि चिनियाँ भिडियो सेयरिङ एप किन्ने दौडमा थपिएको छ । उसले टिकटकको अमेरिकामा रहेको व्यवसाय खरिदका लागि माइक्रोसफ्टसँग साझेदारी गर्ने बताएका हुन् । वालमार्टले बीबीसीलाई दिएको जानकारी अनुसार आफ्नो व्यवसाय सञ्चालनमा सघाउ पुग्नसक्ने आँकलनसाथ ‘टिम अप’ गर्ने बताएको हो ।
अमेरिकाले टिकटक बिक्रीको लागि ९० दिनको समयसीमा तोकिसकेको छ । यो अवधिमा अहिले स्वामित्व बोकेको बाइटीडान्सले अमेरिकी कम्पनीलाई टिकटक बिक्री गर्नुपर्नेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमार्फत अमेरिकी नागरिकको निजी गोपनीयता बाइटीडान्ससम्म पुग्ने र उसले चिनियाँ कम्युनिष्ट पार्टीलाई उक्त विवरण पठाउने भएकाले अमेरिकी राष्ट्रिय सुरक्षामा जोखिम हुने भन्दै प्रतिबन्धको घोषणा गरेका हुन् । चीनले भने अमेरिकाको यस्तो आरोपको खण्डन गर्दै आएको छ ।
बिहीबारमात्रै टिकटकका सीईओले राजीनामा दिएका थिए । वालमार्टका प्रवक्ताले दुई कम्पनीको साझेदारीमा हुने खरिदले अमेरिकी प्रयोगकर्ता र सरकार दुवैलाई सन्तुष्ट पार्ने बताए । माइक्रोसफ्टले भने अगस्टको सुरुदेखि नै टिकटक खरिदका लागि छलफल गर्दै आएको छ । वालमार्टले बेलायती सुपरमार्केट चेन आस्डाको पनि स्वामित्व लिएको छ । टिकटक खरिदकै दौडमा अर्को अमेरिकी प्रविधि कम्पनी ओरेकललाई पनि सम्भावित खरिदकर्ता मानिएको छ ।
एजेन्सीहरुका अनुसार टिकटकको अमेरिकामा ३० अर्ब डलरबराबरको व्यवसाय रहेको छ । सन् २०१८ को अन्त्यतिर सार्वजनिक भएको टिकटकले छोटो समयमै आकर्षण बटुलिसकेको छ । खासगरी २५ वर्षमुनिका युवामाझ यो एप सर्वाधिक चर्चित छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया