सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा
काठमाडौं, भदौ १५
सगरमाथा इन्स्योरेन्स कम्पनीको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शनिबार भर्चुुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा सम्पन्न भएको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १८ दशमलव ४३ प्रतिशतले व्यवसाय वृद्धि गरी दुुई अर्ब १७ करोड ६६ लाख ५३ हजार रुपैयाँ प्रिमियम आर्जन गरी १९ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा दुुई अर्ब १९ करोड ४७ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा शून्य दशमलव ८३ प्रतिशत अर्थात् १ दशमलव ८१ करोड रुपैयाँले बढी हो । कम्पनीका अनुुसार भर्चुअल विधिबाट गरिएको वार्षिक साधारणसभामा जुुममार्फत् ७५ जना सेयर सदस्यहरूको उपस्थिति रहेको थियो । उक्त वार्षिक साधारणसभा फेसबुुकमार्फत लाइभ गरिएकोमा तीन हजार पाँच सय जना भन्दा बढीको उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया