Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोम डेलिभरी तथा इ–कमर्स व्यवसाय सञ्चालन गर्न दिन युवाको माग

होम डेलिभरी तथा इ–कमर्स व्यवसाय सञ्चालन गर्न दिन युवाको माग


काठमाडौं, भदौ १६
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले होम डेलिभरी तथा इ–कमर्स व्यवसाय सञ्चालन गर्न दिन माग गरेको छ । सरकारले निषेधाज्ञाको बेलामा इ–कमर्स व्यवसाय सञ्चालन तथा त्यसअन्तर्गत होम–डेलिभरीको व्यवस्थामा रोक लगाएपछि मञ्चले एक विज्ञप्ति जारी गरी सेवा सञ्चालन गर्न दिन माग गरेको हो । बन्दाबन्दी तथा हालको निषेधाज्ञामा समेत यस्ता व्यवसायहरुले आममानिसहरुको दैनिक आवश्यकताका सामान लगायत खाद्यान्न सामग्री घर घरमा पु-याई आम उपभोक्तालाई आफ्नो घरमै बस्न हौसला दिइरहेको मञ्चले जनाएको छ ।

कोभिड १९ को चुनौतीसँगै आर्थिक गतिविधि ठप्प रहेको परिस्थितिमा बजारको वितरण प्रणालीलाई निरन्तरता दिइरहेका यस्ता व्यवसायलाई आवश्यक स्वास्थ्य सुरक्षा अवलम्बन गरी तत्काल सञ्चालन गर्न दिन मञ्चले आग्रह गरेको छ । इ–कमर्स व्यवसायहरुले स्थानीय बजारमा उपभोक्ताहरूको आवागमन न्यून गरिरहेको मञ्चको भनाइ छ । ‘अनलाइन प्रविधिमार्फत काम गरी घरमा सामान पु-याउने यस्ता व्यवसायहरुले आफ्नो वितरण प्रणालीलाई अत्यन्त सुरक्षित राखेका छन् ।

वितरण गर्ने क्रममा समेत सबै सावधानी अपनाइएका छन्, कर्मचारीहरूलाई पीपीई सुटको व्यवस्था गरिएको छ, डेलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्येक पटक स्यानिटाइज गरिन्छ । कारोबार सकेसम्म नगदरहित नै गर्ने प्रयास गरिरहेका छौँ’, नेपालको प्रमुख स्थानीय इ–कमर्स कम्पनी सस्तो डिलका संस्थापक अमुन थापाले भने, ‘हामीले हाल वितरण गरिरहेको करिब ५० प्रतिशत सामान सरकारी सहुलियतको हो ।’ सस्तो डिलले नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सामान निःशुल्क वितरण गर्दै आएको छ ।

त्यस्तै नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष च्याग अग्रवालले यो कठिन समयमा सरकार तथा निजी क्षेत्रले सहकार्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । ‘महामारीको समयमा सरकारको प्राथमिकता निःसन्देह नागरिकको स्वास्थ्यमा रहन्छ । त्यसैले नागरिकलाई सुरक्षित राख्न इ–कमर्स कम्पनीहरूले खेल्नसक्ने भूमिकालाई सरकारले सहयोग गर्नु आवश्यक छ’, उनले भने, ‘विश्वव्यापी रूपमै यस्ता इ–कमर्स कम्पनीहरूले कोभिड–१९ ले सृजित कठिन समयमा समेत ग्राहकहरूलाई घरको ढोकामै आवश्यक सामानहरु उपलब्ध गराई सकारात्मक प्रभाव पारेका प्रशस्त उदाहरणहरु छन् । यसले गर्दा ग्राहकहरु आ–आफ्नो घरमै सुरक्षित रहिरहन सम्भव हुन्छ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x