धमाधम समातिँदै तामाकोसी नदीका बालुवा तस्कर
सुबास बस्नेत
दोलखा, भदौ १७
जिल्लाको तामाकोसी नदी किनारमा अवैधरूपमा बालुवा उत्खनन गरेर बिक्री गर्ने गतिविधि वर्षौंदेखि हुँदै आएको छ । पछिल्लो समय तामाकोसी नदि आसपासको बगर किनारमा बालुवा तस्करी गरेर बिक्री गर्ने व्यक्ति र सवारीसाधन दैनिकजस्तै समातिन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखा प्रमुख प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार जिल्लाको तामाकोसी नदीबाट अवैध बालुवा उत्खनन गर्ने १४ वटा सवारीलाई नियन्त्रणमा लिएको छ । यसैगरी तामाकोसी नदीको विभिन्न स्थानमा गैरकानुनी रूपमा बालुवा उत्खनन् गर्ने ६ जना व्यक्ति पक्राउ परेका छन् । लकडाउनको समय जिल्लाभर बालुवा उत्खनन् कार्य दिनहुँ हुने गरेकाले नदीआसपासको क्षेत्रमा प्रहरीको निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
निगरानीकै क्रममा सोमबार राति ८ बजेको समयमा जिल्लाको उत्तरी क्षेत्र बिगु गाउँपालिका लादुकको तामाकोसी नदी किनाराबाट गैरकानुनी रूपमा बालुवा उत्खनन् गर्दै गरेका ४ ट्र्याक्टरसहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको छ । यसअघि शुक्रबार राति ११ बजे भीमेश्वर नगरपालिका–५, स्थित तामाकोसी नदीमै बालुवा झिक्दै गरेको अवस्थामा एक एस्जाभेटर, दुई टिपर र ३ वटा सवारीसाधनसहित २ जना चालक पक्राउ परेका थिए ।
गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्राधिकारभित्र पर्ने लादुकको ओलीटारस्थित तामाकोसी नदीबाट लोड गरिएको ट्र्याक्टरसहित पक्राउ पर्नेमा गौरीशंकर गाउँपालिका–८, खारेका २० वर्षीय नविन श्रेष्ठ, विगु गाउँपालिका–४, लादुकका २१ वर्षीय सदिल श्रेष्ठ, गौरीशंकर गाउँपालिका–१, जुँगुका २० वर्षीय छत्रबहादुर जिरेल र गुप्तेश्वर गाउँपालिका–७, रामेछापका २२ वर्षीय जीवन कार्की रहेका छन् ।
चालकसहित प्रहरीले लु ३ त ५१८६, लु ६ त २९५०, लु ३ त ९२६१ र लु ३ त ९७०३ नम्बरको ट्र्याक्टर पक्राउ गरेर गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय सिंगटीलाई बुझाइएको प्रनाउ पोखरेलले बताए । शुक्रबार राती टिपर चालक वैत्यश्वर गाउँपालिका–६, नाम्दुका रामजी घिमिरे र भीमेश्वर नगरपालिका–५ मथानीका मिलन बस्नेत प्रकाउ परेको प्रहरीले जनाएको छ । रातिको समय भएकोले एक्जाभेटर चालक भने फरार रहेको बताइएको छ ।
दुई महिनाको अवधिमा प्रहरीले तामाकोसी नदीको बालुवा उत्खनन गर्ने १४ वटा सवारी पक्राउ गरेको जनाएको छ । यता नदीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिले यसअघि भीमेश्वर नगरपालिका–५ बाट शुक्रबार राति बालुवा झिक्दै गरेको अवस्थामा पक्राउ परेको एक्स्काभेटरलाई तीन लाख र सोही समयमा बरामद भएका दुईवटा टिपरलाई जनही ३० हजारको दरले जरिवाना गरेको छ । गैरकानुनी ढंगले बालुवा उत्खनन गर्दा अहिले तामाकोसी नदीको स्वरूप नै परिवर्तन हुन थालेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया