Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाका कारण सोलु करिडोरको काम ठप्प

कोरोनाका कारण सोलु करिडोरको काम ठप्प


महेन्द्र शाही
सोलुखुम्ब, भदौ १७
विश्वव्यापी रूपमा फैलिएको कोरोना भइरसको कारण राष्ट्रिय गौरवको आयोजना सोलु करिडोरको काम ठप्प भएको छ । नेपालमा चैत्र ११ गतेदेखि लकडाउन गरे पनि थोरै कामदारबाट काम भइरहेको भए पनि अहिले काम ठप्प रहेको आजोजनाले जनाएको छ । विगतका दिनहरूमा थोरै कामदारमार्फत काम भइरहेको भए पनि एक महिनादेखि काम नै रोकिएको आयोजनाका प्रमुख जनार्दन गौतमले जानकारी दिए । पछिल्लो समय भारतबाट ओखलढुङ्गा ल्याइएका १५ जना कामदारमा कोरोना पोजेटिभ देखिएपछि आयोजनाको काम रोकिएको उनको भनाइ छ । अहिले कामदार ल्याउन समेत समस्या भएको उनको भनाइ छ ।

तत्कालका लागि सोलुखुम्बु क्षेत्रका ५ वटा टावरको फाउण्डेसनबाहेकका अन्य काम रोकिएको उनले बताए । अहिले नेपालमा पनि कोरोनाको प्रकोप बढिरहेकाले स्वदेशी कामदार ल्याउन पनि समस्या भएको प्रमुख गौतमको भनाइ छ । कामदारको व्यवस्था गर्नका लागि ठेकेदारले ताकेता गरे पनि कामदार उपलब्ध गराउन नसकेको उनको भनाइ छ । अहिलेसम्म आयोजनाको ३ सय २ वटामध्ये २ सय ८१ वटा टावरको फाउण्डेसनको काम सकिएको गौतमले जानकारी दिए । बाँकी रहेका २१ वटा टावरमध्ये ५ वटामा काम भए पनि अन्यमा काम ठप्प रहेको छ ।

त्यस्तै आयोजनाले सिराहको मिर्चयादेखि सोलुखुम्बुको तिङ्ला लाम्ममानेसम्मको ९० किलोमिटरमध्ये ४५ किलोमिटर तार तानिसकिएको छ । तार तान्ने काम पनि लकडाउन हुनुभन्दा पहिले नै भएको थियो । अहिले लकडाउन हटाइएको भए पनि कोरोनाको महामारीका कारण देशका विभिन्न स्थानमा निशेधाज्ञा जारी गरिएको छ । जसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा जानमा रोक लगाइएको छ ।

अहिले आयोजनाको समय थपका लागि समेत फाइल नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङसमक्ष पेस गरिएको समेत गौतमले बताए । आयोजनाका तर्फबाट अहिले डिसेम्बर ३१ अर्थात् पुष १६ गतेसम्मको समय माग गरेर फाइल पठाइएको छ । डिसेम्बरसम्मको लागि समय मागिएको भए पनि काम सम्पन्न हुने सम्भावना अत्यन्त्यै कम रहेको उनको भनाइ छ । अहिले नै तत्काल काम हुने सम्भावना कम रहेको र लगत्तै चाडपर्व सुरु हुने भएकाले पनि काम प्रभावित हुने उनको भनाइ छ । यो आयोजना सन २०१६ सेप्टेम्बर २५ देखि सुरु भएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x