सामसङका उत्तराधिकारी मुद्दा झेल्दै
दक्षिण कोरिया, भदौ १७
चर्चित ब्रान्ड सामसङका उत्तराधिकारी लि जाई योंग पुनः मुद्दामामिलामा तानिएका छन् । सन् २०१५ को मर्जर सम्झौतामा उनको भूमिकालाई लिएर ताजा मुद्दाहरु दर्ता भएको बीबीसीले जनाएको छ । दक्षिण कोरियाली अभियोजनकर्ताहरुले ५२ वर्षीय लिविरुद्ध सामसङ ग्रुपमा नियन्त्रण प्राप्त गर्न धोकाधडी गरेको आरोप लगाएका छन् । तर लिले भने आरोपको खण्डन गर्दै आएका छन् ।
सन् २०१७ मा लि मर्जर सम्झौतामा घुस प्रकरणमा दोषी ठहरिएका थिए । तर पछि उनको पाँच वर्षे जेल सजाय निलम्बन भएको थियो । यद्यपि उनी जेल जाने सम्भावना भने छैन । अब फेरि नयाँ अभियोगको उनले सामना गर्नुपर्नेछ । जुनमा सरकारी अभियोजनकर्ताहरुले लिलाई दोस्रोपटक पक्राउ गरेका थिए । सन् २०१५ मा सामसङ सीएन्डटी र चेल इन्डस्ट्रिजबीचको मर्जर प्रकरणमा लि तानिएका हुन् । यो प्रकरण सन् २०१७ को जेलसजायसँग पनि जोडिएको छ ।
जतिबेला दक्षिण कोरियामा ठूलो राजनीतिक र व्यावसायिक ‘स्क्यान्डल’ भएको थियो । सोही प्रकरणमा कोरियाका पूर्वराष्ट्रपति पार्क गुइन हीले राजीनामा दिएर जेल जानुपरेको थियो । त्यसयता लि सामसङले पार्ककै साथी चोइ सुन सिलले सञ्चालन गरेका दुईवटा गैरनाफामूलक संस्थालाई ३ करोड ५७ लाख अमेरिकी डलर दिइएको प्रकरणमा दोषी पाइएका थिए ।
लिविरुद्ध घुस, फन्डको दुरुप्रयोग तथा देशबाहिर सम्पत्ति लुकाएको आरोपमा पाँच वर्षको जेल सजाय भएको थियो । तर त्यसको छ महिनापछि उनी जेल जानबाट जोगिएका थिए । जे वाई लीका रुपमा समेत परिचित उनी लि कुन हीका छोरा हुन् । ही सामसङ ग्रुपका प्रमुख हुन् । उनी सामसङका संस्थापक लि ब्युङ चुलका नाति हुन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया