बेइजिङका विश्वविद्यालयहरूले पठनपाठन सञ्चालन गर्ने
चीन, भदौ १७
चीनमा नयाँ शैक्षिक वर्ष सुरू भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् । नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयहरूलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ । मध्य अगस्टदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा र विश्वविद्यालयका करिब एक लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ ।
सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेका उल्लेख गरिएको छ । सहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ । पेकिङ युनिभर्सिटी (पीकेयू)ले मंगलबार तीन हजार तीन सयभन्दा बढी विद्यार्थीलाई स्वागत गरेको बताएको छ । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई क्याम्पसमा प्रवेश नदिने तर विद्यार्थीहरूले भने संक्रमणबारे होसियारी अपनाउँदै विद्यालय प्रवेश पाउनेछन् ।
विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गरेको छ । विद्यार्थीहरूले क्याम्पसमा फर्किनु अघि न्यूक्लिक एसिड टेस्ट लिन आवश्यक छ र उनीहरूको स्वास्थ्य अवस्था र पञ्जीकरण गर्दा उनीहरूको पूर्व आगमनको बारेमा प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया