लाइभ भिडियो सेवाप्रदायक जुमको नाफा दोब्बरले वृद्धि
अमेरिका, भदौ १७
चर्चित लाइभ भिडियो सेवाप्रदायक जुम कम्पनीको नाफा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । कोरोना महामारीका कारण कम्पनीको लोकप्रियता र प्रयोग बढेसँगै आम्दानी आकाशिएको हो । कम्पनीको आम्दानीमात्रै तीन महिनामा तीन सय ५५ प्रतिशतले बढेर ६६ करोड ३५ लाख अमेरिकी डलर पुगेको छ । यो जुलाई ३१ सम्मको तीन महिनाको तथ्यांक हो ।
विश्लेषकहरुले ५० करोड पाँच लाखको हाराहारीमा आम्दानी हुने अनुमान गरेका थिए । त्यस्तै कम्पनीको नाफा पनि बढेर १८ करोड ६० लाख अमेरिकी डलर पुगेको छ भने सन् २०१९ को सोही अवधिको तुलनामा कम्पनीको ग्राहक वृद्धिदर समेत चार सय ५८ प्रतिशतले बढेको छ । महामारीका बेला कार्यालयीय भर्चुअल बैठकका लागि जुम एप निर्विकल्प माध्यमजस्तै बनेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता ३२५.१० अमेरिकी डलर पुगेर कीर्तिमान कायम भएको थियो ।
कम्पनीले वार्षिक अनुमानित आम्दानीको भन्दा ३० प्रतिशत धेरै अर्थात् २ अर्ब ३७ करोड डलरदेखि २ अर्ब ३९ करोडको बीचमा आम्दानी गर्न सफल भएको हो । यसअघि १ अर्ब ७८ करोडदेखि १ अर्ब ८० करोडको हाराहारीमा आम्दानी हुने अनुमान गरिएको थियो । कम्पनीले सफलता पाउनुमा खर्च गर्ने ग्राहक र उच्च आम्दानी दिनसक्ने व्यावसायिक संघ/संस्था रहेको बताइएको छ ।
कम्पनीका ग्राहकमध्ये कम्पनीबाट मात्रै १ लाख डलरभन्दा बढी गत वर्षमा आएको थियो । उक्त तीन महिनामा मात्रै उक्त ग्राहक पनि झण्डै दोब्बरले बढेको छ । त्यसो त जुमका प्रतिस्पर्धी लाइभ भिडियो कम्पनी सिस्को वेबेक्स र माइक्रोसफ्ट टिम्सको पनि लकडाउन भएयता आम्दानी र ग्राहक बढेका छन् । तर यो जुमको तुलनामा निकै कम छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- दुर्गा प्रसाईँको कसुर ‘पटके अपराध’ कायम भयो भने सजायमा के फरक पर्छ
- नेपाल-भारत सीमा सुरक्षा अधिकारीको बैठकमा छलफल भएका मुख्य चार विषय
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया