Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेरुडे लघुुवित्तको खुुद मुनाफा बढ्यो

नेरुडे लघुुवित्तको खुुद मुनाफा बढ्यो


काठमाडौँ, भदौ १७
नेरुडे लघुुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा सात करोड आठ लाख ६५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो मुनाफा एक करोड २८ लाख ८५ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४५ करोड ७२ लाख ९४ हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा दुई अर्ब १८ करोड १५ लाख ६४ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४८ करोड ९३ लाख ६७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा ३८ करोड ३८ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ करोड १५ लाख २५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ९७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ९४ करोड ९७ लाख १४ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड ९४ लाख ४२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३९ करोड १५ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x