Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचिकित्सकलाई बेड, आईसीयू र भेन्टिलेटर

चिकित्सकलाई बेड, आईसीयू र भेन्टिलेटर


काठमाडौं, भदौ १८
कोभिड–१९ बाट संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आईसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति भएको छ । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघको बुधबार बसेको संयुक्त परामर्शदाता कमिटीको बैठकले संक्रमित भएका चिकित्सकहरुलाई उपचारका लागि बेड, आईसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराउने सहमति गरेको हो । यसका साथै बैठकले अस्पतालहरुमा भीडभाड कम गर्न ओपीडी, बिरामी, बिरामीका आफन्त र हेल्थ्य केयर वर्करहरुका सम्बन्धित प्रोटोकल तथा गाइडलाइन तयार गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा कोभिड–१९ को विषयलाई लिएर तलबभत्ता माग गर्दै उपचार प्रक्रियामा सहभागी नहुन केही चिकित्सकहरुको निर्णयप्रति संयुक्त परामर्शदाता कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस विषयमा गम्भीर छलफल गरी चिकित्सकहरुलाई काममा फर्काउन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिन र नेपाल चिकित्सक संघले सहजीकरण गर्ने निर्णय भएको अफिनका वरिष्ठ उपाध्यक्ष कुमार थापाले जानकारी दिए । वीरगन्जको एक निजी अस्पतालमा तलबभत्ताको विषय उठान गरेर चिकित्सकहरु उपचार प्रक्रियामा सहभागी भएका थिएनन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x