Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयुनाइटेड फाइनान्सले कमायो ९ करोड ५० लाख

युनाइटेड फाइनान्सले कमायो ९ करोड ५० लाख


काठमाडौं, भदौ १८
युनाइटेड फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा नौ करोड ५० लाख ८६ हजार नौ सय १८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा नौ करोड ९९ लाख ८५ हजार आठ सय ३७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी एक अर्ब चार करोड आठ लाख ३४ हजार छ सय ४६ रुपैयाँ रहेको फाइनान्सले गत आर्थिक वर्षमा सात अर्ब १४ करोड ३६ लाख ३८ हजार नौ सय ५८ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८४ करोड ६९ लाख आठ सय २६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा ३३ करोड ९७ लाख ८२ हजार आठ सय २५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव १२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव आठ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने फाइनान्सले छ अर्ब ५५ करोड ७५ लाख ९३ हजार चार सय १९ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ९५ करोड १६ लाख ८२ हजार एक सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड ११ लाख ७८ हजार आठ सय चार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य दशमलव ५२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ७४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x