Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार

विदेशमा अलपत्र ५६ हजार नेपालीको उद्धार


काठमाडौं,भदौ १९

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विदेशमा समस्यामा परेका भारतसहित तेस्रो मुलुकबाट ५६ हजार ४५ जना नागरिक स्वदेश फर्किएको बताएको छ । बिहीबारसम्ममा विदेशमा अलपत्र परेका नागरिकहरुमध्ये सबैभन्दा बढी संयुक्त अरब इमिरेट्स (यूएई)बाट उद्धार गरिएको बताएको छ ।

त्यसैगरी युएईमा १५ हजार सात सय ६६ जना, मलेसियाबाट आठ हजार आठ सय ८७ जना, साउदी अरब (रियाद, जेद्दा)बाट आठ हजार दुई सय २८ जना, कुवेतबाट छ हजार सात सय ३७ जना, कतारबाट ५ हजार तीन जना, अस्ट्रेलियाबाट एक हजार दुई सय ३५ जना, जापानबाट एक हजार चार सय ९६ जना अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याइएको छ । यस्तै इजरायल, बहराइन, ओमान, साइप्रस, फिलिपिन्स, म्यान्मार, सिंगापुर, थाइल्याण्ड, चीन, पाकिस्तानबाट, दक्षिण कोरिया, अमेरिका, जर्मनीलगायतबाट सयौँ अलपत्र नेपाली नागरिक स्वदेश आएका छन् ।

केन्द्रका अनुसार पछिल्लो समयमा स्वदेश फिर्ता हुनेमा सबैभन्दा बढी वाग्मती र सबैभन्दा कम कर्णाली प्रदेशका नागरिक रहेका छन् भने स्वदेश फिर्ता भएकाहरुमध्ये आ—आफ्ना प्रदेशका सम्बन्धित प्रदेशमा जानेहरुमा सबैभन्दा बढी प्रदेश नं १ र सबैभन्दा कम कर्णाली प्रदेशका नागरिक रहेका छन् ।

जसमध्ये वाग्मती प्रदेशका १५ हजार पाँच सय दुई जना जना तथा कर्णालीका एक हजार दुई सय ६१ जना नागरिक रहेका छन् । त्यसैगरी बिहीबारसम्ममा प्रदेश नम्बर १ का ११ हजार सात सय ६० जना, प्रदेश २ का नौ हजार तीन सय ९३ जना, गण्डकी प्रदेशका सात हजार दुई सय ८९ जना, प्रदेश नम्बर ५ का नौ हजार चार सय १२ जना र सुदूरपश्चिमका एक हजार चार सय २८ जना स्वदेश फर्केका छन् । सरकारले केन्द्रलाई दिएको अधिकारअनुरुप विदेशबाट फर्किएकालाई उपत्यकाको होल्डिङ सेन्टरमा राखिने र आवश्यक प्रक्रिया पूरा गरेपछि आ—आफ्ना प्रदेशमा पठाउने व्यवस्थाअनुरुप प्रदेशमा पठाएको हो ।

केन्द्रले प्रदेश गएकाहरुमध्ये कति नागरिक आफ्नो परिवारमा पुगे भन्ने विषयमा भने कुनै जानकारी नरहेको बताएको छ । केन्द्रले उद्धारको क्रममा म्यान्मार, माल्दिभ्स, सिंगापुर, हङकङ, श्रीलंका, बंगलादेश, अफगानस्तिाान, मलेसिया तथा खाडीका राष्ट्रहरु साउदी अरब, कतार, संयुक्त अरब इमिरेटस (युएई), कुवेत, ओमानका साथै जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, कम्बोडियामा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याएको हो । विदेशबाट चार्टर्ड उडानमार्फत उनीहरुलाई उद्धार गरिएको हो भने सोको जिम्मेवारी भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लिएको छ । उद्धारको नाममा पर्यटन मन्त्रालयले चर्को भाडादर असुल गरेसँगै भने स्वयं विदेशस्थित नेपाली नियोगहरुले चार्टर्ड उडानको व्यवस्था गरी अलपत्र परेकालाई स्वदेश ल्याएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x