Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यात गर्न पनि सरकारको अवरोध

निर्यात गर्न पनि सरकारको अवरोध


काठमाडौं,भदौ १९

सरकारले उद्योग धन्दा सञ्चालन गर्नको लागि उद्योगी÷व्यवसायीहरुलाई आग्रह गरे पनि त्यसको उचित व्यवस्थापन गर्न नसक्दा निर्यातजन्य उद्योग मारमा परेका छन् । यसरी मारमा पर्ने धेरै उद्योगहरुमध्ये इम्बार्क इन्टरनेशनल उद्योग पनि एउटा रहेको छ ।जाल सुई (निटिङ निडल्स) उत्पादन गरिरहेको इम्बार्कले उत्पादित वस्तु भने सहजै निर्यात गर्न पाएन । हाम्रो उद्योगमा उत्पादित हुने वस्तु शतप्रतिशत निर्यातजन्य रहेको छ यस्तो कठिन अवस्थामा समेत उद्योग सञ्चालन गरेका छौँ तर निर्यात गर्नका लागि भने निकै समस्या व्यहोर्नुप¥यो उद्योगका संस्थापक मिर्जा रशिद बेगले बताए ।

कपिलवस्तु, कृष्णनगरमा रहेको इम्बार्कबाट उत्पादित लाखौं मूल्यबराबरको सामग्री मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म लैजान निकै समस्या भोग्नुप¥यो ।

‘शतप्रतिशत निर्यातजन्य उद्योग त्यही माथि पनि युरोप र अमेरिकाको बजारमा पुग्ने सामग्री हो तर उद्योगबाट विमानस्थलसम्म सामान लैजान १४÷१५ वटा नाकामा चेकजाँचको नाममा अवरोध भयो’, उद्योगी बेगले भने, ‘नाकामा बसेका प्रहरीहरुमाथिको आदेश भन्दै नछाड्दा धेरै समस्या भयो । जसले गर्दा लाखौंको सामग्री बजारमा पुग्नुपर्ने अवस्थामा चेकजाँचको नाममा नाकामा रह्यो ।’

नाकामा रहेका प्रहरी अधिकारीहरु भने अति आवश्यक खाद्यान्न, औषधिजन्य, पानीलगायतका सामग्री मात्र लैजान दिने गृह मन्त्रालयको आदेश रहेको भन्दै निर्यातजन्य सामग्री काठमाडौं भित्रिन नदिएको बताएका छन् ।

इम्बार्कमा उत्पादित सामग्री भनेको विमानमार्फत युरोप र अमेरिकाको बजारमा पु¥याउनुपर्ने हो तर चेकजाँचको नाममा महँगो भाडा तिरी समेत निर्यात गर्न अवरोध हुँदा उद्योगी बेग समस्यामा परेका हुन् । यसरी चेकजाँचको नाममा समस्या उत्पन्न गर्दा समयमै सामग्री नपुग्दा व्यवसायीले रकम फिर्ता माग गर्दा थप समस्यामा परेको उनले बताए । ‘समयमै सामग्री पाउनुहुन्छ भनी उताका व्यवसायीसँग सम्झौता भएको थियो’, उद्योगी बेगले भने, ‘समयमा सामान दिन नसक्दा रकम समेत माग गरे । यसरी सरकारले नै उद्योगीलाई अप्ठ्यारोमा पारेर कसरी उत्पादन गर्न सक्छौँ ?’

‘मैले सामग्री निर्यात गर्नका लागि विभिन्न निकायसँग सहयोग माग गर्नुप¥यो । यसरी सरकारलाई साथ दिनुको लागि नै जोखिम मोल्दै उद्योग सञ्चालन गरेका छौँ’, उद्योगी बेगले भने, ‘निर्यात गर्दा भने सरकार नै सहयोग नगर्ने अनि उद्योगीलाई समस्या दिँदा भोलिका दिनमा कसरी उद्योग सञ्चालन गर्न सक्छौँ ?’

इम्बार्कलाई विमानस्थलसम्म सामग्री पु¥याउनको लािग सबैभन्दा असहज काठमाडौं, नागढुंगाको नाकामा भएको थियो । प्रहरीले माथिको निर्देशन भन्दै विमानस्थलसम्म सामग्री लैजान नदिँदा लाखौँको सामग्री नागढुंगा नाकामा लामो समयसम्म थन्किन पुगेको उनको भनाइ छ ।
यसरी उद्योगबाट उत्पादित सामग्री त्रिभुवन विमानस्थलसम्म लैजानको लागि विभिन्न सरकारी निकायसँग सहयोगका लागि पहल गर्नुपरेको थियो । यसरी पछिल्लो अवस्थामा उद्योग चलाउन समस्या भएको इम्बार्कले जनाएको छ ।

यसैबीच जिल्ला प्रशासन काठमाडौंले भने पछिल्लो निर्णयअनुसार निर्माण सामग्री समेत ढुवानी गर्ने पाइने बताएको छ भने निर्यातजन्य सामग्रीको विषयमा भने कुनै निर्णय सार्वजनिक नगर्दा उद्योगी समस्यामा पर्ने निश्चित रहेको छ । ‘हामीले अति आवश्यक वस्तुको साथै निर्माण सामग्रीलगायतका सामग्री आयातनिर्यात गर्न अनुमति दिएका छौँ’, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आर्थिक दैनिकसँग भने, ‘स्वास्थ्य सुरक्षा अपनाउँदै सामग्री ढुवानीमा सहजता प्रदान गरेका हौँ । अन्य वस्तुहरुको हकमा पनि कोरोना रिपोर्ट (नेगेटिभ)को आधारमा काठमाडौं आवतजावत गर्न दिन्छौँ ।’

कार्यालयले बुधबार निर्णय सार्वजनिक गर्दै अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका सवारीसाधन, निर्माण सामग्री बाकेका सवारीसाधन, भन्सारबाट जाँचपास गरी आएका सबै प्रकारका मालवाहक सवारीसाधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने गरी सवारीसाधनबाहेक अन्य सवारीसाधन काठमाडौं प्रवेशमा निषेध गरेको छ भने यसरी आउने सवारीसाधनमा रहेका चालक र सहयोगीहरु तोकिएबमोजिम अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

तर प्रशासनको उक्त निर्णय गर्न समेत समस्या हुने उद्योगीहरुको भनाइ छ । अस्पतालाले कोरोना जाँच सहज बनाएको छैन अनि उद्योगहरु रहेको क्षेत्र अर्थात् ढुवानीकर्ताहरु चेकजाँच गर्नको लागि झन्झठ भएको भन्दै जाँच गराउन नजाने प्रवृत्तिले गर्दा थप समस्यामा उद्योगीहरु पर्न गएका छन् । त्यसैले गर्दा सामान लोड÷अनलोड मात्र गर्नका लागि भने सरकार तथा प्रशासन कार्यालयले सहज वातावरण बनाइदिनुपर्ने उनीहरुको माग रहेको छ । ढुवानीकर्ताले कोहीसँग सम्पर्क नगर्ने हुँदा उनीहरुमार्फत कोरोना जोखिम हुँदैन त्यसैले गर्दा उनीहरुलाई रोक्नु नहुने उनीहरुको तर्क रहेको छ ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कच्चा पदार्थ ल्याउन, निर्यात गर्ने कामको लागि सहजीकरण गरिने बताएको छ । ‘निर्यात, कच्चापदार्थ आयातलगायतका समस्या उद्योग तथा उद्योगीमा परेमा मन्त्रालयले त्यसमा सहजीकरण गर्नेछ’, मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा.नारायण प्रसाद रेग्मीले भने, ‘समस्यामा परेकालाई मन्त्रालयमा सम्पर्क गर्न आग्रह गर्छौँ ।’

सरोकारवालाहरुका अनुसार सरकारले नै उद्योगहरु सञ्चालनको लागि कच्चा पदार्थ ल्याउन दिने तथा उद्योगहरु सञ्चालन गर्न दिने भनिरहँदा यससँग सम्बन्धित ढुवानी, बेचबिखन, उत्पादनलगायतका पक्षहरुलाई सहजीकरण गर्नु आवश्यक छ । यदि यसो नगरेको खण्डमा मुलुक अर्थतन्त्र चलायमान बनाउने उद्योगहरु विस्तारै बन्द हँुदै जाने सम्भावना धेरै रहेको पाइन्छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x