Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफाप्लुबाट २ सय टन बढी कार्गो खुम्बु ढुवानी

फाप्लुबाट २ सय टन बढी कार्गो खुम्बु ढुवानी


महेन्द्र शाही
पछिल्लो १५ दिनमा सोलुखुम्बुको सदरमुकामा रहेको फाप्लु विमानस्थलबाट २ लाख किलोभन्दा बाढी कार्गो सामग्री लुक्ला ढुवानी गरिएको छ । भदौ १ गतेदेखि १५ गते सम्म फाप्लुबाट दुई लाख २५ हजार किलो कार्गो सामान लुक्ला ढुवानी गरिएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । कार्यालयका प्रमुख प्रकाश शर्माका अनुसार उक्त सामग्रीहरू तारा र समिट एयरको जहाजमार्फत ढुवानी गरिएको हो । ढुवानी गरिएका सामग्रीहरूमा अधिकाशं काठ रहेका छन् भने केही मात्रामा निर्माण सामग्रीका साथै खाद्यन्न समेत रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

२ वटा कम्पनीका विमानले फाप्लुबाट दैनिक १० वटाका दरले कार्गो उडान भर्दै आएको छ । कोरोना भाइसर (कोडिभ–१९) को संक्रमणको समयमा समेत जिल्लाभित्र कार्गो ढुवानी अनुमति पाएको विमानले साउन महिनामा एक लाख ३३ हजार सात सय २६ किलो सामग्री ढुवानी गरेको विमानस्थल कार्यालयको तथ्यांकमा देखाइएको छ । साउनमा तारा एयरले करिब ५० हजार किलो र समिट एयरले ८५ हजार किलो सामग्री लुक्ला ढुवानी गरेको विमानस्थल प्रमुख शर्माले जानकारी दिए । अघिल्ला वर्षहरूमा श्री एयरलायन्सको हेलिकोप्टरबाट कार्गो ढुवानी हुनेगरेको भए पनि यो वर्ष कोरोनाका कारण जहाजले नै कार्गो ढुवानी गरेको शर्माको भनाइ छ ।

अघिल्ला वर्षहरूमा लुक्ला विमानस्थलको वैकल्पिक विमानका रूपमा रहने विमानस्थल यो वर्ष भने फुर्सदिलो भएको उनले बताए । अहिले केही उद्धार उडान हुनेबाहेक कार्गोमा नै सीमित हुन परेको छ । अघिल्लो वर्षहरूमा यो समयमा विदेशी पर्यटकहरू आउनेगरेको भए पनि यो वर्ष भने जिल्लाका दुईवटा विमानस्थल सुनसान देखिएका छन् । जिल्लामा चारवटा विमानस्थल भए पनि दुईवटा मात्र सञ्चालनमा रहेका छन् । अन्य दुई विमानस्थल अहिले बन्द रहेका छन् । अघिल्ला वर्षहरूमा दैनिक करिब एक सयको हाराहारीमा उडान हुने जिल्लाको माथिल्लो भेगको तेन्जिङ हिलारी विमानस्थल पनि अहिले सुनसान रहेको छ । अहिले दैनिक ४–५ वटा विमान कार्गो सामन लिएर आउने गरेको विमानस्थलका प्रमुख मुकेशराज दाहालले जानकारी दिए । आफू भर्खर मात्र आएकाले अरु साथीहरूले भनेअनुसार विमानस्थलको चाप निकै हुनेगरेको जानकारी पाएको उनको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x